कुचोको मूल्य घट्यो, इलामका किसान निराश
| | |

कुचोको मूल्य घट्यो, इलामका किसान निराश

इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो । उनले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचेका थिए । यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफेले…

बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ पालिका
| | |

बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ पालिका

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो । “कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रवर्द्धनका लागि एग्रो…

किसानलाई आउने अनुदानको आधा रकम कर्मचारीकै तलब–भत्तामा खर्च
| | |

किसानलाई आउने अनुदानको आधा रकम कर्मचारीकै तलब–भत्तामा खर्च

आइतबार  । नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन दाताहरूले किसानका लागि दिएको अनुदान तथा ऋण सहयोगको ठूलो रकम कर्मचारीको तलब–भत्तामै दुरुपयोग हुन थालेको छ । गत आर्थिक वर्ष ०७९/८० देखि सुरु भएको ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’का लागि चालू आव ०८०/८१ मा प्रदेशबाट खर्च हुने गरी ससर्त विनियोजन भएको ६३ करोड ७६ लाखमध्ये ३२ करोड ७४…

सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति
| | |

सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति

काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच आज भएको वार्तामा पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका…

सुपारीले फेरिएको चूडामणिको जिवन
| | |

सुपारीले फेरिएको चूडामणिको जिवन

झापा । कोशी प्रदेशको झापा जिल्ला सुपारी खेतीका लागि प्रख्यात छ । कम लगानीमा बढी आम्दानी हुने हुँदा झापाका किसान यसतर्फ आकर्षित भएका हुन् । झापामा धानभन्दा धेरै सुपारी खेती हुन्छ । एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ । मनग्य आम्दानी हुने भएपछि अन्य खेतीपाती छाडेर सुपारी खेतीतर्फ भविष्य…

कृषिमा प्रचुर सम्भावना
|

कृषिमा प्रचुर सम्भावना

प्रवीण पौडेल नेपालजस्तै भूपरिवेष्ठित देश स्वीट्जरल्यान्ड ६७% आयात र ५०% निर्यात गर्दै विश्व अर्थतन्त्रमा १० औँ स्थानमा छ । उसको यही अब्बल अर्थतन्त्रले जनताको जीविका मात्र धानेको छैन, अरु कैयौँ देशसँग स्पर्धा गरिरहेको छ । देश आर्थिकरूपमा सम्पन्न भएपछि उसले अपनाउने कुटनीतिक पहल पनि उस्तै विशिष्ट किसिमको हुन्छ र त्यसले देशको उत्पादनको बजारीकरणमा पनि मदत…

कृषि बजार बिर्तामोडको निर्वाचन स्थगित
| | |

कृषि बजार बिर्तामोडको निर्वाचन स्थगित

झापा । पालिकाहरुले सिफारिस गरी पठाएका किसान प्रतिनिधिका बारेमा विवाद भएपछि कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचन स्थगित भएको छ । हिजो व्यवसायीहरुको निर्वाचन सम्पन्न भएर आज किसानहरुको निर्वाचन हुने कार्यक्रम रहेको थियो । गैरकिसानलाई पालिकाहरुले सिफारिस गरी पठाएको भन्दै उनीहरुविरुद्ध हिजो नै दावी विरोध परेको थियो । बिर्तामोडका निरजकुमार ओली , अर्जुनधाराका भीमप्रसाद लम्साल…

झापामा व्यावसायिकरूपमा ड्रागनखेती शुरू
| | |

झापामा व्यावसायिकरूपमा ड्रागनखेती शुरू

झापा । ड्राइगन फलले बजार पाउन थालेपछि झापामा व्यावसायिक रुपमा यसको खेती शुरु भएको छ । पाँच वर्षअघि जिल्लामा परीक्षणका रुपमा थालिएको ड्रागन फलको खेती पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रुपमा खेती शुरू गरिएको हो । हाल दमक, बुद्धशान्ति, बाह्रदर्शी, गौरीगञ्जलगायतका ५० विघाभन्दा बढी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती भइरहेको आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख…

हल्दिबारीमा २५ सय बिघामा तोरी खेती
| |

हल्दिबारीमा २५ सय बिघामा तोरी खेती

झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन…

दुध र दुग्धजन्य पदार्थ खपतका लागि सुरक्षा निकायदेखि विद्यालयसम्मलाई अनुरोध गर्ने तयारीमा कृषि मन्त्री भुसाल
| | |

दुध र दुग्धजन्य पदार्थ खपतका लागि सुरक्षा निकायदेखि विद्यालयसम्मलाई अनुरोध गर्ने तयारीमा कृषि मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सुरक्षाकर्मी, सामुदायिक तथा नीजि विद्यालय, सरकारी कार्यालय र विभिन्न संघ संस्थामा दुध र दुग्धजन्य पदार्थ खपतका लागि आग्रह गर्ने तयारी भइरहेको बताएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डको १ सय १७ औं बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो तयारी भएको जनाएका हुन् । राष्ट्रिय…