चारआलीको हट स्मोक क्याफेमा १५ वर्षीया बालिका बलात्कृत
| |

चारआलीको हट स्मोक क्याफेमा १५ वर्षीया बालिका बलात्कृत

झापा । झापामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । मोरङ उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका–१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको…

सन्दीपविरुद्धको मुद्दाको पूर्णपाठ : असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न मिल्दैन
| |

सन्दीपविरुद्धको मुद्दाको पूर्णपाठ : असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न मिल्दैन

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरेको ठहर गरेको छ । सोमबार आएको फैसलाको पूर्णपाठमा असमान हैसियतमा भएको करणी कार्यलाई मन्जुरीको भन्न नमिल्ने व्याख्या गरेको हो ।

उठाइसकेको शव राखेर पुनः अनुसन्धान
| |

उठाइसकेको शव राखेर पुनः अनुसन्धान

झापाको बाह्रदशी गाउँपालिका- ३ स्थित ‘राजगढ महोत्सव’ गएका एक जना मृत फेला परेका छन् । बिहीबारबाट सुरु भएको राजगढ महोत्सवमा गएका बाह्रदशी गाउँपालिका– ३ निवासी रविन उप्रेती मृत फेला परेका हुन् । बिहीबार साँझ राजगढ बजार पश्चिममा लगाइएको राजगढ महोत्सवमा गएका उप्रेती आज बिहान त्रिवेणी चौक नजिकै खेतमा मृत भेटिएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ…

ब्राउन सुगरसहित चारजना पक्राउ
| |

ब्राउन सुगरसहित चारजना पक्राउ

झापा । झापाको कमलमा लागु औषध गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका ७ का २५ वर्षीय सुरज लिम्बु, सोही ठाउँका ४० वर्षीय किवी माया धिमाल, २१ वर्षीय गणेश दर्जी र गौरादह नगरपालिका १ का २४ वर्षीय विशाल मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  कमल…

सेक्युरिटी प्रिन्टिङ प्रकरणका अभियुक्त दुई पौडेल पक्राउ
| |

सेक्युरिटी प्रिन्टिङ प्रकरणका अभियुक्त दुई पौडेल पक्राउ

काठमाडौँ । नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणका अभियुक्त विकल पौडेल र सुनील पौडेल पक्राउ दुवै जना भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् । २०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका…

टाउकोमा चोट लागेको अवस्थामा अर्जुनधारामा एक महिला मृत फेला
| |

टाउकोमा चोट लागेको अवस्थामा अर्जुनधारामा एक महिला मृत फेला

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–६ बिहानी टोलस्थित ब्याडमिण्टन कवर्ड हलको बाहिर सोमवार (आज) बिहान एक महिला मृत फेला परेकी छिन् । माइतीघर माई नगरपालिका इलाम रहेकी र हालको स्थायी बसोबास पत्ता लागि नसकेकी अन्दाजी ५० बर्षिया माया मगर नाम गरेकी महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी…

नक्कली सवारी लाइसेन्स प्रकरण : १० महानिर्देशकको पालामा  ६६ हजार ६६ लाइसेन्स जारी
| |

नक्कली सवारी लाइसेन्स प्रकरण : १० महानिर्देशकको पालामा  ६६ हजार ६६ लाइसेन्स जारी

बिर्तामोड । ०७२ भदौयता गत भदौसम्म यातायात व्यवस्था विभागका १० महानिर्देशकको पालामा लिखित परीक्षा र ट्रायलविना नै ६६ हजार ६६ थान नक्कली लाइसेन्स जारी भएको भेटिएको छ । नक्कली लाइसेन्सका सम्बन्धमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागबाट कागजात लगेर अनुसन्धान गरिरहेको छ ।  नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार सबैभन्दा धेरै नक्कली लाइसेन्स रूपनारायण भट्टराईको पालामा जारी भएको देखिएको…

तस्करी नियन्त्रणमा झापा प्रहरीको सक्रियता : एक वर्षमा ५ करोड ४२ लाखको सामान भन्सारमा बुझायो
| |

तस्करी नियन्त्रणमा झापा प्रहरीको सक्रियता : एक वर्षमा ५ करोड ४२ लाखको सामान भन्सारमा बुझायो

झापा । झापामा नेपाल प्रहरीले भारतबाट भन्सार छलेर नेपाल ल्याइएको ५ करोड ४२ लाख ६६ हजार बराबरको गाडी तथा सामान भन्सार कार्यालयलाई बुझाएको छ । गत वर्षको पुसदेखि चालु आर्थिक वर्षको पुस मसान्तसम्म १२ महिनामा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई झापा जिल्ला प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।…

काँकडभिट्टाबाट ‘लापसे’ जाँचको सुरुवात
| |

काँकडभिट्टाबाट ‘लापसे’ जाँचको सुरुवात

झापा । काँकडभिट्टाबाट सवारी चालकमा लागू पदार्थ सेवन (लापसे) जाँच सुरु भएको छ । प्रदेश सरकारको सहयोगमा ट्राफिक प्रहरीले लापसे जाँच सुरु गरेको हो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले अभियानको सुरुवनत गरे । यो अभियानलाई निरन्तरता दिने उनले बताए । यात्रुको जीवन सुरक्षा र सुरक्षित यात्राका लागि यो अभियान सुरु…

मणिपुरमा फेरि हिंसा भड्कियो, तीन सुरक्षाकर्मीसहित सातको मृत्यु
| | |

मणिपुरमा फेरि हिंसा भड्कियो, तीन सुरक्षाकर्मीसहित सातको मृत्यु

एजेन्सी । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ । बिहीबार र बुधबार राति भएका हिंसामा तीन सुरक्षाकर्मीसहित सात जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुई दिनमा कूल सात जनाको ज्यान गएको समाचारमा उल्लेख…