| |

टाउकोमा चोट लागेको अवस्थामा अर्जुनधारामा एक महिला मृत फेला

ad

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–६ बिहानी टोलस्थित ब्याडमिण्टन कवर्ड हलको बाहिर सोमवार (आज) बिहान एक महिला मृत फेला परेकी छिन् ।

माइतीघर माई नगरपालिका इलाम रहेकी र हालको स्थायी बसोबास पत्ता लागि नसकेकी अन्दाजी ५० बर्षिया माया मगर नाम गरेकी महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

डिएसपी कार्कीका अनुसार मृतक महिलाको टाउकोमा चोटलागेको र घटना स्थलमा रगतसमेत रहेको छ । महिलाका आफन्तहरु घटना स्थलमा आइपुगेको डिएसपी कार्कीले जानकारी दिए । घटनाको थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Similar Posts