भारतकाे अयोध्यास्थित रामकाे मुर्तिमा प्राणप्रतिष्ठा गरिँदै
काठमाडाैं । आज भारतको अयोध्यामा निर्मित राममन्दिरमा रहेका भगवान रामकाे मुर्तिमा प्राणप्रतिष्ठा गरिँदै छ। लामो संघर्षपछि निर्माण भएकाे राममन्दिरमा राखिएकाे श्रीरामकाे मुर्तिमा प्राणप्रतिष्ठा गर्न लागिएकाे हाे ।
आजको दिनलाई भारतमा विषेशरुपमा लिईएको छ। भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह शुरू हुनेछ भने प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो २ बजे १५ मिनेटमा शिव मन्दिरको पूजा गरेपछि बैद्धिकरुपमा रामकाे मुर्तिमा प्राणप्रतिष्ठा हुनेछ।
भारतमा रामकाे मुर्तिमा प्राणप्रतिष्ठा हुन लाग्दा भारतमामात्रै नभई नेपालको अधिकांश मठमन्दिरमा पनि सोमबार दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेकाे छ ।