बिर्तामोडमा किताब मेला हुने
बिर्तामोड । दशैं कोसेली किताब भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा किताब मेला हुने भएको छ । लेखक र पाठकहरुबिच सम्बन्ध सेतु स्थापित गर्ने उद्देश्यले किताब मेलाको आयोजना गरिएको आयोजक संसथा वीरता रिडर्सले जनाएको छ । रिडर्सका संयोजक तीर्थ सिग्देलका अनुसार बिर्तामोडको शनिश्चरे रोडस्थित नेपाल बैंक छेउमा असोज ७ गतेदेखि २३ गतेसम्म संचालन हुनेछ ।…