सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा : सभापति देउवा
| |

सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा : सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ । गाईजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको बताउनुभयो । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । नेपालीहरुको मौलिक…

नेपालमा अकस्मात किन रोकियो बिआरआई ?
| |

नेपालमा अकस्मात किन रोकियो बिआरआई ?

प्रचण्ड नेतृत्वको सरकार हठात् किन ढल्यो र एमाले–कांग्रेस गठबन्धनको सरकार बन्ने वातावरण कसरी बन्यो? धेरैले आन्तरिक राजनीतिमा यसका कारणहरू खोज्ने गरेको देखिन्छ तर खास तत्व कतै सीमा बाहिर त छैन? यो प्रश्नलाई दिमागमा राखेर घोत्लिने हो भने अर्कै जवाफ आउँछ – नेपालले चीनसँग गर्न लागेको बिआरआईअन्तर्गतको परियोजना सम्झौता रोक्नलाई नै नयाँ वातावरण बनेको हो कि…

सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर हुँदा समाजमा अपराध बढ्यो : प्रधानमन्त्री
| |

सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर हुँदा समाजमा अपराध बढ्यो : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताउनुभएको छ । मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताउनुभएको हो । उहाँले यस प्रकारको अदृश्य बन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका बताउनुभयो…

पार्टी एकताका लागि नेपाल र चन्दलाई फकाउँदै दाहाल
| |

पार्टी एकताका लागि नेपाल र चन्दलाई फकाउँदै दाहाल

काठमाडौँ  । कांग्रेस–एमाले गठबन्धन बनेपछि छटपटिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले हरेक बैठक र सभामा ‘वामपन्थी एकता र सहकार्य’ मा जोड दिइरहेका छन् । बिहीबार सकिएको स्थायी समिति बैठकमा पनि उनले वामपन्थी एकता र समाजवादी शक्तिसँग सहकार्यमै जोड दिए । स्थायी समिति चलिरहेका बेला उनले यही साता एकीकृत समाजवादी (एस) अध्यक्ष माधवकुमार नेपालसँग दुईपल्ट र नेकपाका महासचिव नेत्रविक्रम…

समिति सभापतिमा गैरे र न्यौपाने निर्विरोध निर्वाचित, सभामुखसमक्ष शपथ
| |

समिति सभापतिमा गैरे र न्यौपाने निर्विरोध निर्वाचित, सभामुखसमक्ष शपथ

काठमाडौं । संघीय संसद्का दुई समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित हुनुभएको हो  । सभापति न्यौपाने र गैरेले सभामुख देवराज घिमिरेबाट बिहीबार शपथ ग्रहण गर्नुभएको छ ।

टीआरसी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित
| |

टीआरसी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार अबको दश दिनभित्र यो विधेयकलाई कानूनमा रुपान्तरित गर्ने सरकारको…

झापामा ६ जनप्रतिनिधिको पद रिक्त ,एउटाको मात्र उपनिर्वाचन हुने
| |

झापामा ६ जनप्रतिनिधिको पद रिक्त ,एउटाको मात्र उपनिर्वाचन हुने

झापा । झापामा पालिका अध्यक्ष र वडाध्यक्षसहित ६ जना जनप्रतिनिधिको पद रिक्त छ । त्यसमध्ये एउटा पदका लागि मात्र उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका…

चुनावी गठबन्धन, महाधिवेशन र नेताको बहिर्गमनका मुद्दामा कांग्रेसमा मतभेद
| |

चुनावी गठबन्धन, महाधिवेशन र नेताको बहिर्गमनका मुद्दामा कांग्रेसमा मतभेद

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ‘एक्जिट पोलिसी’, चुनावी गठबन्धन र आसन्न १५ औं महाधिवेशनको विषयमा मतभेद देखिएको छ । गत फागुनको महासमिति बैठकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका सांगठनिक र समसामयिक प्रस्तावमा समावेश यी तीन विषयलाई पार्टीको नीतिगत धारणा बनाउने कि नबनाउने भन्नेमा केन्द्रीय कार्यसमितिमा संस्थापन र इतरपक्षबीच मतभेद देखिएको हो । …

तीन दर्जन जनप्रतिनिधिका लागि मंसिरमा उपनिर्वाचन
| |

तीन दर्जन जनप्रतिनिधिका लागि मंसिरमा उपनिर्वाचन

काठमाडौ । विभिन्न स्थानीय तहमा रिक्त रहेका ३४ पदको लागि आगामी मंसिरमा उपनिर्वाचन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच आज भएको उपनिर्वाचनसम्बन्धी छलफलमा त्यसबारे कुराकानी भएको बताइएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जाडो अगावै निर्वाचनको मिति तय गर्न प्रस्ताव…

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै
|

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री  आज नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।  सचिव मिस्रीको यो परिचयात्मक भ्रमण हुने बताइएको छ । जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका…