‘पार्टी अध्यक्ष बन्नकै लागि हो भने विद्या भण्डारी सक्रिय राजनीतिमा आउन जरुरी छैन’

‘पार्टी अध्यक्ष बन्नकै लागि हो भने विद्या भण्डारी सक्रिय राजनीतिमा आउन जरुरी छैन’

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पार्टीको आगामी महाधिवेशनमा पनि नेतृत्वका लागि केपी शर्मा ओलीको विकल्प नदेखिएको बताउँछन् । उनी प्रदेश अधिवेशनका क्रममा विभिन्न प्रदेशमा भएका निर्वाचनले पार्टीलाई पुरानै लयमा फर्काएको रुपमा कार्यकर्ताले बुझ्न थालेको धारणा राख्छन् । कार्यकर्ताको तल्लो पंक्तिको चाहनालाई नेतृत्वले अब बुझ्नुपर्ने उनको भनाइ छ । उपमहासचिव गुरुङसँग हालै सम्पन्न प्रदेश अधिवेशन,…

कोशीका विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई
|

कोशीका विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् । ४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राखेका हुन् । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो । कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् ।…

मुस्लिम आयोगले बुझायो राष्ट्रपतिलाई प्रतिवेदन
|

मुस्लिम आयोगले बुझायो राष्ट्रपतिलाई प्रतिवेदन

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शितल निवास पुगेर सोमबार आयोग अध्यक्ष समिम मियाँ अन्सारीले प्रतिवेदन पेश गरेका हुन्। राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताएका थिए। आयोगको मुस्लिम…

|

‘चिर्कटो’ सम्झौताको भविष्य

के-के स्वार्थले यो सम्झौतामा पुगे तीन नेता?   शुक्रबार दिउँसो कोशी प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र कांग्रेसका ८ सहित एमालेका सांसदहरूको समर्थनमा केदार कार्कीले निवेदन दिएपछि त्यसको तरंग काठमाडौंसम्मै आइपुग्यो। बिहान सत्ता साझेदार दलका शीर्ष नेताहरूले आङ्बोलाई मुख्यमन्त्री बनाउन गरेको लिखित सहमति बाहिर नआउँदै तोडिएपछि शुक्रबार राति नै प्रधानमन्त्री…

बैठक बोलाएर सुटुक्क काठमाडौं उडिन् कोशी प्रदेशकी उपसभामुख

बैठक बोलाएर सुटुक्क काठमाडौं उडिन् कोशी प्रदेशकी उपसभामुख

झन्डावाल गाडी र विमानस्थलको भीआइपी कक्ष समेत प्रयोग गरिनन् कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान गरेर उपसभामुख सिर्जना दनुवार सुटुक्क काठमाडौं उडेकी छन्। आज दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकबारे छलफल गर्न बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार आफू…

कांग्रेस संसदीय दलको बैठक बस्दै, आज देउवाले बोल्ने
|

कांग्रेस संसदीय दलको बैठक बस्दै, आज देउवाले बोल्ने

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। संसदीय दल बैठकमा सांसदहरूलाई विभिन्न ७ एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ। संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने, केही विषयमा…

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेकपा माओवादी केन्द्रको ‍पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरू भएको  पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकका विषयमा छलफल र निर्णय लिनेछ। बैठकमा केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदनबारे छलफल भइरहेको छ। त्यसलगत्तै बस्ने स्थायी कमिटी बैठकले प्रतिवेदन पारित गर्नेछ। स्थायी कमिटीले पारित गरेपछि उक्त प्रतिवेदन…