पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस ,संस्थापकहरुलाई सम्मान
|

पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस ,संस्थापकहरुलाई सम्मान

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ ।कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए ।महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा…

झापामा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
|

झापामा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

झापा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको कमलमा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका-४ स्थित ज्योति चोकमा सोमबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटरको पछाडि…

इलामका किसानलाई ‘मिल्क होलिडे’ को त्रास
| |

इलामका किसानलाई ‘मिल्क होलिडे’ को त्रास

इलाम ।  सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराई प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन्। ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय एक दुग्ध उद्योगलाई दुग्ध बिक्री गर्छन्।   तर पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू र छुर्पी देख्दा उनको मनमा चिसो पस्न थालेको छ। ‘हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ’, उनले भने,…

हराउँदै परम्परागत ठेकी
| |

हराउँदै परम्परागत ठेकी

अर्जुनधारा । ‘चैत/बैशाखको टन्टलापुर घाममा तिर्खा मेट्न एक अम्खोरा मोही खाएर गाम्चाले पसिना पुस्दै बारदलीमा बसेर हावा खानुको आनन्द शहरिया मानिसलाई के थाहा ?, ’ झापा अर्जुनधाराको पुरानो बाजारमा ठेकी बेच्न बस्नुभएका डिल्लीराम घतानीकाले ग्रहकलाई सुनाउनुभयो । शहर केन्द्रित बसोवास र आधुनिक जीवनशैलीका कारण पराम्परागत काठका ठेकी हराइसकेको छ । ‘दुई चार–पाथी जाने ठेकीमा घार्घुर–घार्घुर…

काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने
|

काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने

मोरङ । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड छ । काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात…

चारपटक म्याद थप्दा पनि अधुरै दमक–चिसापानी सडक
|

चारपटक म्याद थप्दा पनि अधुरै दमक–चिसापानी सडक

चिरञ्जीवी घिमिरे दमक  ।  झापाको दमक, इलामको माङसेबुङ, चुलाचुलीलगायत क्षेत्रमा तीन दशकदेखि चुनावी एजेन्डा बन्दै आएको निर्माणाधीन दमक–चिसापानी सडकको चारपटक म्याद थप्दा पनि सन्तोषजनक काम नभएपछि सडक डिभिजन कार्यालय दमक ठेक्का तोड्ने तयारीमा पुगेको छ । ‘काम सन्तोषजनक छैन । एक–दुईजना कामदार लगाएर काम भइरहेको छ । हामी तीनवटै खण्डको ठेक्का तोड्नेतिर अघि बढिसकेका छौँ,’ सडक डिभिजन कार्यालय दमकका…

बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी
|

बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी

झापा । झापामा दिनहुँ जसो आगलागीका घटना भइरहेको छ । यसै क्रममा आज बिहान ३ बजेको समयमा दमक नगरपालिका- ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलागीबाट शिविरका तीन वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार बेलडाँगी शरणार्थी शिविर सेक्टर सी फोर…

न्यौपानेले दिए पत्रकार महासंघ झापालाई ५० थान कुर्सी
|

न्यौपानेले दिए पत्रकार महासंघ झापालाई ५० थान कुर्सी

बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नेपाल पत्रकार महासंघ झापा शाखालाई ५० थान कुर्सी प्रदान गरेका छन् । न्यौपानेले आज शनिबार बिर्तामोडस्थित महासंघको कार्यालयमा पुगेर कुर्सी हस्तान्तरण गरेका हुन् । महासंघको कार्यालयमा पत्रकारहरुको क्षमता वृद्धि लगायतका कार्यक्रमका लागि विभिन्न सामग्री अभाव भएको बेला न्यौपानेले उक्त सहयोग गरेको महासंघ झापाले जनाएको छ ।…

चिसो मौसममा पनि डेंगुको जोखिम !
| |

चिसो मौसममा पनि डेंगुको जोखिम !

काठमाडौँ । नेपालमा पछिल्लो समय चिसो मौसममा पनि डेंगु संक्रमण देखिन थालेको छ । जलवायु परिवर्तन, बसाइँसराइ, कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारण चिसोमा समेत डेंगु देखिन थालेको जनस्वास्थ्यविद्ले बताएका छन् । सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली प्रादेशिक अस्पतालका कार्यालय प्रमुख डा. अर्जुन भट्टका अनुसार अस्पतालमा दुई जना डेंगुका बिरामी उपचाररत छन् । इपिडिमियोलोजी…

दुबईमा अलपत्र परेका श्रीमानको उद्दारको माग गर्दै श्रीमतीले गरिन् आत्मदाहाको प्रयास
|

दुबईमा अलपत्र परेका श्रीमानको उद्दारको माग गर्दै श्रीमतीले गरिन् आत्मदाहाको प्रयास

झापा  । खाडी मुलुक दुबईमा अलपत्र परेका श्रीमान् अकबर अन्सारीको सकुशल उद्दारका लागि श्रीमती अफ्रुज खातुनले पेट्रोल छर्किएर आत्मदाहाको प्रयास गरेकी छन् । भद्रपुर– ८ फूलबारी टोल निवासी खातुनले बिहीबार भद्रपुर नगरपालिका पुगेर आत्मदाहाको  प्रयास गरेकी हुन् ।  दुई महिनादेखि दुबईमा बन्दीसरह बसिरहेका श्रीमान् अन्सारीको सकुशल उद्दारका लागि खातुन बिहीबार बिहान १० बजेतिर नगर प्रमुख गणेश पोखरेललाई…