आजको मौसम
झापा । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै रहेको बेला बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केहि भूभागको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै देशभर तुवाँलो लागेको अवस्था छ ।
कोशी प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
