कमलको कमाल
उदाहरणीय कृषक, लाखौँ आम्दानी
ईखरीपाटी विशेष
बिर्तामोड । युवा पुस्ताका नेपालीको मुखैमा झुण्डिएको छ–‘नेपालमा केही हुँदैन’ । अर्थात् विदेश नै पहिलो विकल्प हो । अहिले त रोजगारीका लागि विदेसिनेको लर्को नै छ । कति बाध्यताले विदेसिन्छन् त कति रहरले । स्वदेशमा रोजगारी नपाएको भन्दै विदेसिनेको संख्या दैनिक १५ सय बढी छ ।
विदेशबाट रेमिट्यान्स मात्र आउँदैन । सुन्दर सपना बोकेर विदेसिका धेरै नेपालको लाश काठको बाकसमा आउँछ यस्तो विकराल अवस्थामा पनि नेपालमै बसेर गरे के हुँदैन र भन्ने उदारण बनेका छन्, झापा अर्जुनधाराका कमल कडरिया । गरे के हुँदैन भन्ने उदाहरण हुन्, अर्जुनधारा–९ कमल कडरिया । विदेसिनको भिडमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने आँट र विश्वासले उनी दिनरात मिहिनेत गरिरहेका छन् ।
कमलको मिहिनेत हेरेर धेरै युवालाई नेपालमै केही गर्ने हौसला दिन्छ । उनले उन्नत जातको बोयर बाख्रा र गाई पालेर अहिले राम्रो आम्दानी गरिरहेका छन् ।
कमलले आरके कृषि फर्म दर्ता गरी वार्षिक ५० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । ‘५ कठ्ठा जमिन किनेर, १ विघा भाडामा लिएर विगत दश वर्षदेखि कृषि पेशामा लागेको हुँ,’ कमलले भने । दश वर्ष पहिलाबाट लेयर कुखुरा पालेर कृषि सुरुवात गरेका कमल अहिले कुखुरा हटाएर गाई पालन थालेका छन् । कमलले उन्नत जातका ५० वटा गाई पालेको बताए ।
एक करोड ३५ लाख रुपैयाँको लागतमा सुरु गरेको व्यवसायबाट कमल हाल मासिक ४ लाख रुपैयाँ कमाई गरिरहेको बताउँछन् । दैनिक २ सय लिटर दूध उत्पाद हुने कमलले बताए । कमलले बोयर जातको बाख्रा पालेर पनि राम्रो आम्दानी गर्दै आएका छन् । ‘सरकारबाट केही सहयोग नलिई गाई, बाख्रा पालन गर्दै छु, विशेष नश्ल सुधारका लागि बाख्रा पालेको हो,’ कमलले भने, ‘फार्ममा ७० हजारदेखि तीन लाख रुयौयाँसम्मका बोका खसी रहेका छन् ।’
माग उच्च रहेका कारण लोकल बाख्रासँगै उन्नत जातको बाख्रा पालेको उनको भनाइ छ । हाल उनको फर्ममा रहेको बोयर जातका बाख्राका पाठापाठी खरिद गर्न आउनेको संख्या धेरै रहेका छन् ।
केही महिनामै धेरै वजन हुने बोयर जातका बाख्रा प्रति केजी ए हजार ५ सयदेखि २ दुई हजार रुपैयाँसम्मा बिक्ने गरेको कमलले बताए । उन्नत जात र मासु धेरै लाग्ने भएका कारण पाठापाठीको मूल्यसमेत राम्रो पाउने गरेको उनको भनाइ छ ।