सीमास्तम्भको मर्मत सुरु
काँकडभिट्टा । झापामा नेपाल भारत सीमास्तम्भ मर्मत सुरु भएको छ । सशस्त्र प्रहरीले सीमामा रहेका स्तम्भहरूको मर्मत सुरु गरेको हो । सोमबार मेचीनगर स्थित सतिगट्टाबाट पिल्लर मर्मतको काम सुरु भएको हो । सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलले संयुक्त रूपमा स्तम्भमा कलर गरेर मर्मतको शुभारम्भ गरे ।
सशस्त्र प्रहरीको नम्बर १ बाहिनीका बाहिनीपति डिआइजी अञ्जनीकुमार पोखरेलले सीमास्तम्भमा कलर गरेर अभियानको शुभारम्भ गरे । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेश बास्तोला, सशस्त्र प्रहरी नम्बर २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याललगायतको उपस्थिति थियो । कार्यक्रममा सशस्त्र प्रहरीका डिआइजी पोखरेलले सीमामा हुने अपराधका गतिविधि, तस्करी नियन्त्रण र सीमाको रक्षामा सशस्त्र प्रहरी तैनाथ भएको बताए ।
![](http://ekharipati.com/wp-content/uploads/2023/12/IMG-20231204-WA0031-1024x1024.jpg)
![](http://ekharipati.com/wp-content/uploads/2023/12/IMG-20231204-WA0025-1024x1024.jpg)
![](http://ekharipati.com/wp-content/uploads/2023/12/IMG-20231204-WA0018-1024x1024.jpg)
![](http://ekharipati.com/wp-content/uploads/2023/12/IMG-20231204-WA0028-1024x1024.jpg)
![](http://ekharipati.com/wp-content/uploads/2023/12/IMG-20231204-WA0002-1024x963.jpg)
![](https://ekharipati.com/wp-content/uploads/2023/12/IMG-20231204-WA0031-1-1024x1024.jpg)