|

बुद्धशान्तिमा हात्तीले तीनवटा घर भत्कायो

बुद्धशान्ति । जंगली हात्तीले झापाको बुद्धशान्तिमा तीनवटा घर भत्काएर क्षति पुर्‍याएको छ । सोमवार राति १२.५० बजे आएको हात्तीले बुद्धशान्ति गाउँपालिका-५ आयाबारी थारु गाउँमा क्षति गरेको हो ।

हात्तीले लुँदा दनुवारको अन्दाजी १० मन धान खाएर र घरको टाटीबेरा भत्काएर अन्दाजी रु ३० हजार बराबरको क्षति गरेको छ भने दिपनारायण दनुवारको पनि अन्दाजी १० मन धान खाएर र घरको टाटीबेरा भत्काउँदा अन्दाजी रु ३० हजार बराबरको क्षति भएको छ । त्यस्तै महेन्द्र दनुवारको पनि अन्दाजी १० मन धानसहित घरको टाटीबेरा भत्काउँदा अन्दाजी रु ३० हजार बराबरको क्षति गरेको छ ।

सोही हात्तीले नागिनप्रसाद चौधरीको २ कट्ठा जग्गामा लगाएको आलु,बैगुन,टमाटर, कोबी, केरा गरी अन्दाजी ५० हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ । पीडितहरूले इलाका प्रहरी कार्यालय बुधबारेमा हिजो साँझ निवेदनका साथ जानकारी गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Similar Posts