स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुन माओवादी केन्द्रमै फर्किए

रोल्पा १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्रमै फर्किएका छन्।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी विजयी भएका थिए।

हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दिपेन्द्रले पार्टी छोडेको प्रति आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन्।

उनले माओवादी केन्द्रका नेता रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सांसद वर्षमान पुनसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डबाट खादा लगाएर पुनः पार्टीमा सक्रिय हुने बताएका छन्।

Source : Setopati

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *