| |

इलाममा मेडिकल कलेज खोल्न पूर्वप्रधानमन्त्री खनालको पहल

झापा । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधान झलनाथ खनालले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) को स्थापनाका लागि पहललाई तीव्रता दिएका छन् । उनले सोमबार शिक्षा मन्त्री अशोक राईलाई भेटेर इलाममा मेडिकल कलेज स्थापनको प्रक्रिया चाँडो थाल्न आग्रह गरेका हुन् ।

खनालले मेडिकल कलेज स्थापनाका लागि विशेष चासो दिँदै शिक्षामन्त्री राईलाई सोमबार निवासमै बोलाएका छन् । शिक्षामन्त्री राईलाई  इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान काम चाँडोभन्दा चाँडो थाल्न आग्रह गरेका हुन् । शिक्षामन्त्रीसँगको वार्तामा खनालसहित, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य  धीरेन शर्मा (रमण), इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा रअधिवक्ता समीप घिमिरे र समाजसेवी भवानी खनालको उपस्थित थियो ।

२०८० असारमा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा इलामको टोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको  थियो। त्यसपछि पूर्वप्रधानमन्त्री खनालको निरन्तर पहलकदमीका साथ प्रक्रिया अघि बढ्दै गएको छ।

Similar Posts