|

चेम्बर अफ कमर्स झापामा पुन: बिमली

झापा । चेम्बर अफ कमर्स झापाको अध्यक्षमा ओमकृष्ण बिमली  निर्विरोध निर्वाचित भएका छन् ।  सोमबार सम्पन्न छैटौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट बिमली पुःन दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित भएका हुन् । बिमलीको  नेतृत्वमा ३ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति समेत चयन भएको हो ।  

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा यामनाथ बिमली,  उपाध्यक्षमा  मोहनकुमार मित्तल र प्रदीप खरेल,घनश्याम चौधरी र भिमा शिवाकोटी, सचिवमा विरोध सुवेदी, सह–सचिवमा टंकप्रसाद भट्टराई र उमादेवी भट्टराई (प्रसाई) , कोषाध्यक्षमा शत्रुधनप्रसाद गुप्ता, सदस्य शीला ढकाल, लक्ष्मी प्रसाद सापकोटा र रोहितकुमार भट्टराईलाई  चयन गरेको निर्वाचन समिति सदस्य रोहित काफ्लेले जानकारी दिए ।  

साधारणसभा उद्घाटन समारोहमा कार्यक्रका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले  संस्था स्थापनाकालदेखि हालसम्म नेपालमा चेम्बरले पु¥याएको योगदानबारे चर्चा गर्दै र वर्तमान अवस्थामा व्यवसायीलाई धैर्यतापूर्वक आफ्नो व्यवसायमा लग्न अनुरोध गरे । उनले चिया, अलैंची सहितका कृषिजन्य बस्तुको तेस्रो बजार खोज्न र निर्यातमा सहजता ल्याउन सरकार समक्ष लबिङ गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

Similar Posts