| |

बाली र पशुपन्छी बीमामा सूर्योदयले किसानलाई ५० प्रतिशत अनुदान दिने

इलाम । इलामको सूर्योदय नगरपालिकाले बाली र पशुपन्छीको बीमा गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिनेको छ ।

किसानहरूलाई सहकारी, कृषक समूह तथा टोल विकास संस्थासगं समन्वय गरी पशुपनन्छी र बाली बीमामा ५० प्रतिशत अनुदान नगरपालिकाले दिने नगरप्रमुख रणबहादुर राईले जानकारी दिए ।

यसका लागि नगरपालिकाले प्रत्येक टोल विकास संस्थाका अध्यक्ष वा प्रतिनिधिहरूलाई बीमा सम्वन्धी तालिम उपलब्ध गराइरहेको नगरप्रमुख राईले बताए । पछिल्लो समय बाली र पशुपन्छी बीमा प्रभावकारी बन्दै गएको छ । बीमा गर्दाले बाली र पशुपन्छीमा हुने क्षतिको क्षतिपूर्ति किसानले पाउने छन् ।

Similar Posts