शुपतिनगरमा सवारी पटके राजस्व असुली केन्द्र स्थापना
पशुपतिनगर । नेपाल इलामको पशुपतिनगरमा आजबाट यातायत ब्यवस्था सेवा कार्यालयको सेवा केन्द्र स्थापना गरिएको छ । भारतीय सवारीलाई नेपाल प्रवेशमा सहज बनाउनका लागि कार्यालयको स्थापना गरिएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय महाशाखाका प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गरेका हुन्। प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँचसय १० रुपियाँ र मोटरसाईकलको दुई सय १० रुपियाँ राजस्व लिने ब्यवस्था गरेको छ ।
यो केन्द्र स्थापमा संगै भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा सहज हुने छ । इलामको पशुपतिनगरमा सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो ।