|

उपाध्यक्ष पाण्डेलाई सम्मानित नेता खनालले गरे स्वास्थ्य लाभको कामना

बिरामी परेका पूर्वमन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई पार्टीका सम्मानित नेता झलनाथ खनालले स्वास्थ्यलाभको कामना गरेका छन् ।

पिसाबमा संक्रमण भई अस्पताल भर्ना भएका पाण्डेलाई मनमोहन अस्पताल स्वयम्भू पुगेर पूर्वप्रधानमन्त्री खनालले स्वास्थलाभको कामना गरेका हुन् । अस्पताल पुगेका खनालले पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सोमबार अस्पताल भर्ना भएका उनको बिहीबारसम्म डिस्चार्ज हुन सक्ने बताइएको छ ।

Similar Posts