एमाले झापा अधिवेशनः ओलीको चिर्कटोमा टिपेक्स, राजवंशीमा ‘आउट’ हुँदा ढुङ्गेल ‘इन’
झापा । नेकपा एमाले झापाका ११ औं अधिवेशनबाट पदाधिकारी छन्न अध्यक्ष केपी शर्मा ओलीले दिएको चिर्कटो संशोधान गरेका छन् ।
अधिवेश सुरु हुने अघिल्लो साँझ एमाले झापाका नेतालाई भेला गरेर कसलाई के बनाउने भनेर दिएको निर्देशन एमाले झापाले लत्याएको छ । ओलीले दिएको निर्देशनविपरीत एमाले झापा उपाध्यक्षमा शिव ढुङ्गेललाई समेट्न बाध्य भएको छ । ओलीले अध्यक्षमा प्रेम गिरी, उपाध्यक्षमा असारु राजवंशी, सचिवमा तुलसी कार्की, उपसचिवमा अनिता कन्दङ्वा र खगेन्द्र नेपाललाई बनाउन निर्देशनात्मक चिर्कटो दिएका थिए ।
तर, पार्टीका निर्वतमान सचिव शिव ढुङ्गेल अध्यक्षमा चुनाव लड्ने अडान नछोडेकाले आफ्नो उम्मेदवार प्रेम गिरी चुनाव हार्ने डरले ओलीले खल्तीको चिर्कटोकोमा असारु राजवंशीलाई कोरेर शिव ढुङ्गेल लेखेर प्याक गरेका छन् । उनले जिल्लाका प्रभावशाली युवा नेता राजवंशीलाई एक कार्यकल उपसचिवमा चित्त बुझाउन मनाएको बुझिएको छ ।
कुनै समय झापा एमालेमा रजगज भएका केन्द्रीय सदस्य रविन कोइराला अहिले निर्वमान अध्यक्ष दीपक कार्कीका निरिह कार्यकर्ता बनेका छन् । उनीहरू दुवैले अध्यक्ष बनाउन प्रेम गिरीलाई काँधमा चढाए । आफ्नै वडामा समेत ५ दलीय गठबन्धन गरेर बनको चुनाव लड्दा समेत चुनाव जिताउन नसकेका गिरीलाई ओलीले अध्यक्षको तक्मा भिराई दिएकोमा एमाले कर्यकार्ता रुस्ट देखिन्छन् । उनीहरूको एउटै चिन्ता छ- झापामा एमाले कमजोर हुने भयो । सेटिङमै आज बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयभित्र अध्यक्ष र उपाध्यक्षमा एक–एक जनाको मात्र उम्मेदवारी दर्ता भएसँगै गिरी र शिव ढुङ्गेल अनौपचारिक अध्यक्ष र उपाध्यक्ष भइसकेका छन् ।
सचिवमा समेत ओलीको चिर्कटोलाई काउन्टर दिँदै तुलसी कार्कीसँग भिड्न वोधराज घिमिरेकाले मनोनयन गरेका छन् । तर, यो मनोनयन चुनावसम्म नटिक्ने कर्याकार्ताको बुझाई छ । उपसचिवमा असारु राजवंशी ,अनिता कन्दङ्वा , टीका मंग्रान्ती र चन्द्रा सुब्बाले उम्मेदवारी दिएका छन् । ओलीले खगेन्द्र नेपाललाई चिर्कटोबाट हटाएर राजवंशीलाई उपसचिव बनाउने लिस्ट तयार गरेका छन् भने अनिता कन्दङ्वा अकाट्य नाम छ ।
मंग्रान्ती र सुब्बाले आफ्नो जिल्ला कमिटी सदस्यको पद पक्का गर्न मात्र उम्मेदवारी दिएको प्रतिनिधिहरूको आरोप छ । अन्य केही सदस्यहरूको चहिँ चुनाव नै हुने भएको छ । जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्नेछ । त्यसका लागि करिब ३५० जनाले उम्मेदवारी दिएको जनाइएको छ ।