भोलि इदउल फित्र, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं । सरकारले भोलि सार्वजनिकबिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारको राजस्वले यो वर्ष रेकर्ड कायम गर्ने देखिएको छ। यो रेकर्ड सकारात्मक भने होइन। सरकारको राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जान्छ। अघिल्लो वर्षभन्दा धेरै हुँदै जाने प्रवृत्ति छ। तर यो आर्थिक वर्षमा यो प्रवृत्ति भंग हुने संकेत देखिएको छ। र, यस्तो अवस्था ४८ वर्षयता पहिलो पटक हुन लागेको हो। आर्थिक वर्ष २०३१/३२ पछि यस्तो अवस्था देखिएको थिएन। त्यसैले यो…
भद्रपुर । झापामा जंगली हात्तीको आतंकले यहाँका कृषक आजित बनेका छन् । भारतबाट प्रवेश गरेका जंगली हात्तीको बथान मेचीनगरको बाहुण्डाँगी नाका हुँदै अहिले चारकोसे जलथल जंगललाई आफ्नो रैथाने बास स्थान बनाएर बसेको छ । भद्रपुर, कचनकवल, हल्दिबारी र बाह्रदशी पालिकाले घेरिएको जलथल जंगलमा २२ वटा सामुदायिक वन छन् । सामुदायिक वन उपभोक्ता समूह र त्यहाँका कृषकले…
पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको एटिआर विमान दुर्घटना भयो। दुर्घटनापछि सामाजिक सञ्जालमा पुराना जहाज उडाएको भन्दै एकथरीले वायुसेवा कम्पनीहरूमाथि आक्रोश पोखे। त्यस्तै अर्काथरीले यात्राका लागि सुरक्षित र ठूलो जहाज मानिएको एटिआरमाथि पनि प्रश्न उठाए। हामीकहाँ हाल उडान गरिरहेका एटिआर विमान कस्ता हुन्? कति वर्ष पुराना छन्? यी विमानको आयु कति वर्ष हुन्छ अर्थात् कति समय/वर्ष…
४ असार, विराटनगर । पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले…
भद्रपुर । धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो । जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान…
झापा । जमुना खोलाले बगाएको दुई दिनपछि झापा कचनकवलकी १५ वर्षीया बालिका नेहारिका मृत भेटिएकी छन् । बगाएको ठाउँदेखि करिव २ किलोमिटर दक्षिण धानबारीमा केहीबेर अघि उनको शव फेला परेको हो । चमरभिट्टा गाउँदेखि करिव पाँच सय मिटर पूर्व नेपाल भारत सीमा नजिक धानवारीमा उनको शव फेला परेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।…