चारआली खानेपानी चुनाव-कांग्रेस,एमाले चिलिम, अध्यक्षमा माओवादीका चिमरिया विजयी
चारआली । मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा राजन चिमरिया विजयी हुने सुनिश्चित रहेको छ ।
संस्थाको अहिले भर्खरैको प्रारम्भिक नतिजा अनुसार १३८१ मत गणना हुँदा अध्यक्षमा नेकपा माओवादी केन्द्रका साझा समूहका उम्मेदवार चिमरियाको ७००, काँग्रेसका बालकुमार विष्टको २३३ र एमालेका सन्तोष मेचेको ३८० मत ल्याएका छन् ।
अध्यक्षमा मेचेका भन्दा ३२० मतले चिमरिया अगाडि रहेका छन् । त्यसैले चिमरिया अध्यक्षमा विजयी हुने सुश्चित भएको छ । अब १ घण्टामा सबै नतिजा आइसक्ने निर्वाचन समितिले जनाएको छ ।
चिमरिया नेतृत्वको प्यानलै आउने सम्भावना रहेको छ । संस्थाको हिजो सम्पन्न निर्वाचनमा २ हजार ६९५ मतदाता मध्ये एक हजार ७८१ जनाले मतदान गरेका थिए ।