सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएपछि मतगणना स्थगित
झापा । मतगणना जारी रहेको अनेरास्ववियु क्रान्तिकारीको मधेस प्रदेशमा विवादका भएसँजै गणना रोकिएको छ । एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि सूरु भएको विवाद उत्कर्षमा पुगेसँगै गणना राकिएको विद्यार्थी नेताले जानकारी दिए ।
विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएका थिए । मधेस प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् । ती नेताका अनुसार एक मत बदर भएको छ ।