प्रधानमन्त्री कार्यालयमा नयाँ संगठनात्मक संरचना
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) स्वीकृत भएको छ । यससँगै कार्यालयमा कर्मचारीको दरबन्दी संरचना फेरबदल भएको छ ।
नयाँ संगठन संरचनाले दुई सचिव र एक सहसचिवसहित ६८ जनाको दरबन्दी कटौती भएको छ । अब कार्यालयमा एक सय ७२ जनाको दरबन्दी कायम गरिएको छ ।
डेढ महिनाअघि नै मन्त्रिपरिषद्ले संगठन संरचना स्वीकृत गरे पनि कार्यान्वयनको तहमा निर्णय भएर आएको थिएन । मन्त्रिपरिषद्बाट स्वीकृत भएबमोजिम निर्णय गरेर दरबन्दी संरचना अब कार्यान्वयनको तहमा आएको छ । नयाँ पत्रिकाबाट