दुर्गा प्रसाईंको रिटमाथि १२ चैतमा फैसला हुने
झापा । बीएन्डसी मेडिकल कलेजको सम्बन्धका विषयमा सर्वोच्चमा परेको रिटको चैत १२ गते फैसला हुने भएको छ।
व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको छुट्टाछुटै ३ वटा रिटमाथि १२ चैतमा फैसला आउने भएको हो।
तीन दिनको सुनुवाइपछि मेडिकल कलेजको सम्बन्धका विषयमा सर्वोच्चले निर्णय सुनाउने मिति तोकेको हो। न्यायाधीशहरू कुमार चुडाल र शारंगा सुवेदीको इजलासले तीन वटै रिटमाथि १२ चैतमा फैसला दिने भएको हो।