वाणिज्य संघ गौरीगञ्जको अध्यक्षमा श्रेष्ठ निर्वाचित
झापा । झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको अध्यक्षमा रुपक श्रेष्ठ निर्वाचित भएका छन् ।
हिजो साँझ सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी रमेशप्रसाद राजवंशीलाई ३३ मतले पराजित गरी नेकपा एमालेनिकट व्यवसायी श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले १५५ मत ल्याउँदा राजवंशीले १२२ मत पाएका छन् । श्रेष्ठले एमालेनिकट व्यवसायीहरुको प्यानलको नेतृत्व गर्दै अध्यक्षमा उठेका थिए भने राजवंशी नेपाली कांग्रेसको प्यानलबाट उठेका थिए । त्यस्तै उद्योग उपाध्यक्षमा बिनोद साह, वाणिज्य उपाध्यक्षमा मनोज दास ,सचिबमा पवन दास, उद्योग सहसचिवमा चन्द्र नायक, वाणिज्य सहसचिवमा चन्दन दास, कोषाध्यक्षमा सम्झना अधिकारी अग्रवाल, खुल्ला सदस्यहरुमा श्यामलाल शर्मा, निरज साह, संगित दास, इन्द्रकान्त दास (रोशन) र अभिषेक साह तथा महिला सदस्यमा पुर्णिमा साह र आरती कमार निर्वाचित भएका छन् ।
सचिव पवन दास , उद्योग सहसचिव चन्द्र नायक र महिला सदस्य आरती कमार कांग्रेस प्यानलबाट निर्वाचित हुँदा अन्य सबै पदमा एमाले विजयी भएको हो । वाणिज्य संघको अध्यक्षसहित कार्यसमितिको १४ पदका लागि ३१ जना उम्मेदवारहरु निर्वाचनमा उत्रिएका थिए ।