आज राष्ट्रिय टोपी दिवस मनाइँदै
| |

आज राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौँ  । आज आठौँ राष्ट्रिय टोपी दिवस मनाइँदैछ । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन थालिएको हो । यस दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले…

नयाँ वर्ष इस्वी सन् २०२४ शुरु
|

नयाँ वर्ष इस्वी सन् २०२४ शुरु

झापा । आजबाट अंग्रेजी ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात् भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ। विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी…

शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा सुवेदी
| |

शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा सुवेदी

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी चयन भएका छन् । दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो  । समितिमा निवर्तमान अध्यक्षमा मिलन ओली, उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा चुणामणि प्रसाई (अग्नि) चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चिरन न्यौपाने, प्रकाश पराजुली, बिशाल सिटौला र…

कोशीबाट सिटौला, कोइराला सहित ६३ जनाको नाम सिफारिस
| |

कोशीबाट सिटौला, कोइराला सहित ६३ जनाको नाम सिफारिस

झापा । कांग्रेस कोशी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशबाट ६३ जनाको नाम केद्रीय समितिसमक्ष सिफारिस गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकमा नयाँ अनुहारलाई प्राथमिकता दिन दबाब बढिरहेका बेला प्रदेश समितिले पटक–पटक सत्तामा पुगेका र गएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कृष्णप्रसाद सिटौला र सुजता कोइरालाको नाम पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको हो ।…

परालमा आगो लगाएको आरोपमा एक युवक पक्राउ 
|

परालमा आगो लगाएको आरोपमा एक युवक पक्राउ 

भद्रपुर । खेतमा राखिएको परालमा आगो लगाउँदै हिँडेको आरोपमा भद्रपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ७ स्थित फुटानी चोक निवासी २१ वर्षीया  राजकुमार मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर- ४ रंगेडाडा निवासी राजु सापकोटाको खेतमा राखिएको परालको जाकमा आगो लगाउने क्रममा स्थानीयले उनलाई खेदाउँदै समातेका थिए । उनले…

बिर्तामोडको भाटभटेनी अगाडिबाटै मोटरसाइकल चोरी
| |

बिर्तामोडको भाटभटेनी अगाडिबाटै मोटरसाइकल चोरी

बिर्तामोड ।अव्यवस्थित पार्किङ रहेको बिर्तामोडस्थित भाटभटेनी सुपर मार्केटबाट सवारी साधन चोरी भएको छ । सडकमै पार्किङ गर्ने गरिएको ठाउँबाट मोटरसाइकल चोरी भएको हो । बिर्तामोड नगर अस्पतालका कर्मचारी पवन रिजाल शनिबार साँझ ६ः३० बजे भाटभटेनीको बायाँपट्टिको पार्किङमा रहेको प्र-१-०-१२ प ५९६ नम्बरको कालो र निलो रङ्गको पल्सर मोटरसाइकल चोरी भएको हो । अत्यधिक भीडभाड हुने…

इण्डियन आइडलमा मेनुकाको चर्चा चुलिँदो, उदितबाट पाइन् मूर्ति उपहार
| |

इण्डियन आइडलमा मेनुकाको चर्चा चुलिँदो, उदितबाट पाइन् मूर्ति उपहार

काठमाडौँ । इण्डियन आइडलमा सहभागी नेपाली गायिका मेनुका पौडेलको चर्चा दिन प्रतिदिन चुलिँदो छ । प्रतियोगितामा उनलाई एकपछि अर्को चर्चा मिलिरहेको छ । प्रतियोगितामा उनले बलिउड गायक उदित नारायण झालाई उत्कृष्ट प्रस्तुति मार्फत प्रभावित पार्दै साइबाबाको मूर्ति उपहार समेत पाएकी छन् । प्रतियोगितामा उनले उदितको गीत ‘साइनाथ’ गाएकी थिइन् । जुन आगामी एमिसोडमा प्रसारण गरिनेछ…

झापामा सुपारीसँगै फस्टायो मरिच खेती
|

झापामा सुपारीसँगै फस्टायो मरिच खेती

झापा । सुपारीका बोटसँगै लहराएर फल्ने मरिच खेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । मरिचखेती गर्दै आएका किसानहरुले वर्षेनि रु नौ लाखसम्म आर्जन गरेका छन् । थोरै खेतीमा राम्रो आम्दानी हुने भएकाले किसानहरुले सुपारीसँगै मरिचखेती गरेका छन् । झापामा पछिल्लो समय ‘जहाँ सुपारी त्यही मरीच’खेती नारा जस्तै भएको छ । हात्तीले नखाने बाली भएकाले पछिल्लो समय…

सूर्योदयले लम्पिस्किन महामारीमा क्षति भएका पशुको राहात रकम दिने
| | |

सूर्योदयले लम्पिस्किन महामारीमा क्षति भएका पशुको राहात रकम दिने

फिक्कल । सूर्योदय नगरपालिकाले लम्पिस्किन महामारीमा क्षति भएको पशु चौपायाको राहात रकम दिने भएको छ । नगरपालिकाको आठौ कार्यपालिका बैठकबाट राहत रकम वितरण गर्ने कार्यविधि पारित गरेको छ ।जस अनुसार माउ गाई मरेको किसानलाई २० हजार रूपैया, कोरली गाइ मरेका किसानलाई १० हजार र गोरू मरेको किसानलाई ५ हजार रूपैया राहात रकम दिने निर्णय भएको…

सरस्वती माबिमा रक्तदान
| | |

सरस्वती माबिमा रक्तदान

रोङ । रोङ गाउँपालिको वडा नम्बर – ६ मा रहेको सरस्वती माध्यमिक बिद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रोङ गाउँपालिका वडा न ६ को सरस्वती माध्यामिक बिद्यालयमा क्रियाशिल रहेको जुनियर रेडक्स सर्कलको आयोजना र नेपाल रेडक्रस सोसाईटि हासपोखरी उपशाखाको समन्वयमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् । प्रत्येक शुक्रवारलाई सृजनात्मक शुक्रवार बनाउन…