झापामा चिसो बढ्यो, पहाडमा मौसम बदली हुने
बिर्तामोड । झापासहित तराईका जिल्लामा चिसो बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र कोशीको तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो लागेको उल्लेख…