आजदेखि यू- १९ विश्वकप क्रिकेट शुरु
| |

आजदेखि यू- १९ विश्वकप क्रिकेट शुरु

काठमाडाैं । आइसीसी यू- १९ विश्वकप आजदेखि शुरु हुँदैछ । विश्वकपको पहिलो खेलमा आज आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन् । दुवै खेल नेपाली समय अनुसार अपरान्ह १:४५ बजेदेखि शुरु हुनेछन् । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदैछन् ।  यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ। यस समूहमा…

कनकाईमा पालिकास्तरीय फुटबल प्रतियोगिता हुने
| |

कनकाईमा पालिकास्तरीय फुटबल प्रतियोगिता हुने

कनकाई । झापाको सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मूल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले अघिल्ला वर्षहरु झै आफ्नो वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमलाई सञ्चालन गर्ने तयारी गरेको हो । कनकाई माविको खेल मैदानमा माघ ६ गतेदेखि पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने गरी खेल…

गाउँ–गाउँमा खेलकुद ‘क्रेज’
| |

गाउँ–गाउँमा खेलकुद ‘क्रेज’

इलाम । जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो । यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ…

सुजनको शतकले पनि जोगिएन कोशी
| |

सुजनको शतकले पनि जोगिएन कोशी

काठमाडौँ ।  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो दिनसम्म केही नियमित संयोगहरू छन् । लगातार चौथो दिनको खेलमा पनि शतक बनेको छ । यी सबै शतक त्रिवि क्रिकेट मैदानमा बनेका छन् । शतक बनाउने खेलाडी पहिला ब्याटिङ गर्ने टोलीका छन् ।  कोशी प्रदेशका सुजन थपलियाले शतक बनाउने सूचीमा मंगलबार आफ्नो पनि नाम लेखाए । उनले नेपाल पुलिस क्लबविरुद्ध १…

यू-१९ विश्वकपअघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई हरायो
| |

यू-१९ विश्वकपअघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई हरायो

काठमाडौ । आइसिसी यू-१९ विश्वकपअघिको वाम अप खेलमा नेपालले स्कटल्यान्डलाई डिएलएस मेथडमा ७ विकेटले पराजित गरेको छ।  आज दक्षिण अफ्रिकामा वर्षाले प्रभावित खेलमा स्कटल्यान्डले दिएको ११५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउदा ३ विकेट गुमाएको थियो। नेपालका लागि अर्जुन कुमालले ३३ रन र आकाश त्रिपाठीले २९ रन जोडेका थिए। त्यसपछि खेल वर्षाले…

यू–१९ विश्वकप : नेपालले आज स्कटल्यान्डसँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै
|

यू–१९ विश्वकप : नेपालले आज स्कटल्यान्डसँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप खेल्न हाल दक्षिण अफ्रिकामा रहेको नेपाली क्रिकेट टोलीले शनिबार आफ्नो पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । विश्वकपअघि नेपालले स्कटल्यान्डको यू–१९ टोलीसँग औपचारिक रूपमा पहिलो अभ्यास खेल खेल्न लागेको हो । नेपाल र स्टकल्यान्डबिचको पहिलो अभ्यास खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । सोही दिन नामिबिया र अमेरिका, दक्षिण…

श्याम दनुवार बने झापाको पहिलो फिफा रेफ्री
| |

श्याम दनुवार बने झापाको पहिलो फिफा रेफ्री

बिर्तामोड, पुस । झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् । मुख्य रेफ्री भए पनि उनी माथिल्लोस्तरको प्रतियोगितामा पहिलो रोजाइका रेफ्री हुन् । फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सूचीमा नेपालको…

युएई र बंगलादेश यू–१९ एसिया कपको फाइनलमा
|

युएई र बंगलादेश यू–१९ एसिया कपको फाइनलमा

काठमाडौं । एसिसी यू-१९ एसिया कपको उपाधिका लागि बंगलादेश फाइनलमा प्रवेश गरेको छ। आज दुबईमा भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। भारतले दिएको १८९ रनको लक्ष्य बंगलादेशले ६ विकेटको क्षतिमा ४२.५ ओभरमा पूरा गर्‍यो।  बंगलादेशका लागि शरिफुल इस्लामले ९४ रनको योगदान गरे। उनले ९० बलमा ९ चौका र ४ छक्का प्रहार…

अर्जुनधाराले उचाल्यो प्रथम झापा लिगको उपाधि
|

अर्जुनधाराले उचाल्यो प्रथम झापा लिगको उपाधि

भद्रपुर  । भद्रपुरको मेची रंगशालामा सम्पन्न प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो । उपाधिसँगै अर्जुनधाराले नगद ३ लाख, ट्रफी, मेडल र…

कमलका खेलाडीले रेफ्री कुटे
|

कमलका खेलाडीले रेफ्री कुटे

बिर्तामोड । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता कमल गाउँपालिकाका खेलाडीले रेफ्री कुटेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा बिहीबारको कमल गाउँपालिका र अर्जुनधारा गाउँपालिकाबीच भएको खेलमा विवाद हुँदा खेलाडीले रेफ्री कुटेका हुन् । खेलको ६५ औं मिनेटमा रेफ्री डिकबहादुर श्रेष्ठले अर्जुनधारा नगरपालिकालाई पेनाल्टी दिएका…