माओवादीको नाममा आपराधिक गतिविधि
झापा । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा बिर्तामोड–६ स्थित गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्न खोज्दा पक्राउ पर्नेहरु आपराधिक क्रियाकलापमा संलग्न रहेको खुलेको छ । प्रहरीले मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नं.६ शिवालय टोल बस्ने २० वर्षीय धिरज…