उपनिर्वाचनमा मौन अवधि शुरु
| |

उपनिर्वाचनमा मौन अवधि शुरु

झापा । स्थानीय तह उपनिर्वाचनका लागि हिजो मध्यरातबाट मौन अवधि सुरु भएको छ । मतदानभन्दा ४८ घण्टाअघि प्रचारप्रसारमा रोक लगाइने कानुनी व्यवस्थाअनुसार निर्वाचन आयोगले मौन अवधि लागू गरेको हो । यस अवधिमा कुनै प्रकारको प्रचारप्रसार वा मतदातालाई प्रभावित पार्ने कार्य गर्न नमिल्ने आयोगले जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ अनुसार मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन,…

धनराजमाथि अनुसन्धान गरिरहेका सिआइबीका डिएसपीको अकस्मात् सरुवा
|

धनराजमाथि अनुसन्धान गरिरहेका सिआइबीका डिएसपीको अकस्मात् सरुवा

काठमाडाैं । प्रहरी अनुसन्धानमा सत्ताको छाया परेको भनेर आलोचना भइरहेका वेला कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गरिरहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपीको अकस्मात् सरुवा भएको छ । सिआइबीको आर्थिक अपराधसम्बन्धी अनुसन्धान गर्ने २ नम्बर पिलरका प्रमुख डिएसपी सुवास हमाललाई प्रहरी प्रधान कार्यालयले बिहीबार धादिङ जिल्ला प्रहरी कार्यालयमा सहायक कार्यालय प्रमुखका रूपमा काज सरुवा गरेको हो ।…

पहाड र तराईका केही स्थानमा हुस्सु
| | |

पहाड र तराईका केही स्थानमा हुस्सु

झापा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो  कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी…

प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
|

प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने निश्चित भएको छ । ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जाने टुंगो मन्त्रिपरिषद् बैठकले लगाएको हो । बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री…

गौरीगञ्जमा आगलागी, छ वटा बाख्रा जलेर मरे

गौरीगञ्जमा आगलागी, छ वटा बाख्रा जलेर मरे

झापा । झापाको गौरीगञ्जमा आगलागी भएको छ । आज साँझ ६ बजे भएको आगलागीबाट गौरीगन्ज –१ भन्सार टोलका नौलोसिंह थापाको ग्वाली जलेर नष्ट भएको छ । आगलागीबाट ग्वाली, ४ वटा साइकल , करिव २० मन मकै जलेर नष्ट भएको छ भने ६ वटा खसी बाख्रा जलेर मरेका छन् । विद्युत सर्ट भई सो आगलागी भएको…

तयार भयो सताक्षीधाममा सवा करोड रुद्राक्षको ५१ फिट अग्लो शिवलिङ्ग
|

तयार भयो सताक्षीधाममा सवा करोड रुद्राक्षको ५१ फिट अग्लो शिवलिङ्ग

झापा । झापाको सताक्षीधाममा धार्मिक पर्यटक लोभ्याउन नेपालमै पहिलो पटक सवा करोड रुद्राक्ष दानाजडित ५१ फिट शिवलिङ्ग निर्माण भएको छ। यो शिवलिङ्गलाई स्थानीय धार्मिक व्यक्तिले ऐतिहासिक शिवलिङ्ग मान्न थालेका छन्। गोलोक गोवर्धन गौशालाले यो शिवलिङ्ग निर्माण गरेको हो। नेपालका ५१ वटा जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, गान्तोकलगायतका ठाउँबाट रुद्राक्ष सङ्कलन भएको गोवर्धन गौशालाले जनाएको छ।…

‘राष्ट्रिय चलचित्र पुरस्कार’ : विपिन र स्वस्तिमा उत्कृष्ट घोषित
| |

‘राष्ट्रिय चलचित्र पुरस्कार’ : विपिन र स्वस्तिमा उत्कृष्ट घोषित

यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा फिल्म ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । बुधबार शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट उनीहरुले अवार्ड ग्रहण गरे । उनीहरुले यसअघि पनि राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन् । राष्ट्रिय अवार्डमा उत्कृष्ट फिल्म भने ‘बुलाकी’ बन्यो…

उपचार गर्न गएका स्वास्थ्यकर्मीलाई ‘हनी ट्रयाप’ मा पार्ने इलामकी मगरसहित तीन पक्राउ
| |

उपचार गर्न गएका स्वास्थ्यकर्मीलाई ‘हनी ट्रयाप’ मा पार्ने इलामकी मगरसहित तीन पक्राउ

झापा, मंसिर १३ । आपराधिक लाभको उद्देश्यले योजनाबद्ध रूपमा फार्मेसी सञ्चालकलाई ‘हनी ट्रयाप’ मा फसाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलामकी २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरूले फार्मेसी सञ्चालक ३३ वर्षीय युवकलाई हनी ट्रयापमा…

चिसाे बढ्ने क्रम जारी
|

चिसाे बढ्ने क्रम जारी

झापा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई…

परराष्ट्रमन्त्री राणा औपचारिक भ्रमणका लागि आज चीन जाँदै
| |

परराष्ट्रमन्त्री राणा औपचारिक भ्रमणका लागि आज चीन जाँदै

काठमाडौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहनुभएका वाङको निमन्त्रणमा मन्त्री राणाले  मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा…