गरिमा शर्मा : ‘लण्डन टू पेरिस’मा कमजोर, ‘ह्रस्व दीर्घ’मा झिनो सुधार
| |

गरिमा शर्मा : ‘लण्डन टू पेरिस’मा कमजोर, ‘ह्रस्व दीर्घ’मा झिनो सुधार

कोही पनि मानिस कमजोररहित हुँदैनन् । तर, आफ्नो कमजोरी सुधार नगर्नु चाहिँ सबैभन्दा ठूलो कमजोरी हो । अझ कलाकारको हकमा त झन् कमजोरी सुधार्नु अनिवार्य नै मानिन्छ । चाहे अभिनय होस् वा नृत्य । कलाकार भएपछि हरेक कुरामा सकभर निपूर्ण हुनुपर्छ भन्ने मान्यता छ । यसैले लामो रेसको घोडा बन्न कलाकारले कमजोरी सुधारेर आफूलाई सक्षम…

पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी
| |

पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ। उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट  ७९ करोड ६३ लाख १० हजार रुपैयाँको कृषि…

वाणिज्य संघ गौरीगञ्जको अध्यक्षमा श्रेष्ठ निर्वाचित
|

वाणिज्य संघ गौरीगञ्जको अध्यक्षमा श्रेष्ठ निर्वाचित

झापा । झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको अध्यक्षमा रुपक श्रेष्ठ निर्वाचित भएका छन् । हिजो साँझ सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी रमेशप्रसाद राजवंशीलाई ३३ मतले पराजित गरी नेकपा एमालेनिकट व्यवसायी श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले १५५ मत ल्याउँदा राजवंशीले १२२ मत पाएका छन् । श्रेष्ठले एमालेनिकट व्यवसायीहरुको प्यानलको नेतृत्व गर्दै अध्यक्षमा उठेका थिए भने राजवंशी नेपाली…

प्रतिबन्धित औषधीसहित कमलका बस्नेत पक्राउ
| |

प्रतिबन्धित औषधीसहित कमलका बस्नेत पक्राउ

झापा । प्रतिबन्धित औषधीसहित झापा कमल गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । हिजो दिउँसो ३ बजे कमल गाउँपालिका वडा न.७ बस्ने ३८ वर्षीय संदेश बस्नेतले आफ्नै घरमा प्रतिबन्धित औषधी लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले घरमा चेकजाँच गरेको थियो । त्यसक्रममा ट्रामाडोल…

कोशीका पूर्वमन्त्री लिलाबल्लभलाई रिहा गर्ने तयारी
| |

कोशीका पूर्वमन्त्री लिलाबल्लभलाई रिहा गर्ने तयारी

काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख बसन्त रजौरेले उनीविरुद्ध मुद्दा नचल्ने पत्र प्राप्त हुनासाथ रिहा गरिने बताए ।  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गर्दै अन्य ११ जनालाई विपक्षी बनाएर आजै काठमाडौँ जिल्ला…

मंसीर १४ गतेदेखि शिवसताक्षीमा धार्मिक महोत्सव तथा महायज्ञ हुने
|

मंसीर १४ गतेदेखि शिवसताक्षीमा धार्मिक महोत्सव तथा महायज्ञ हुने

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र शिताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ आयोजना हुने भएको छ । श्री शताक्षीधाम गोलोक गोवर्धन गौशाला तथा श्री शताक्षीधाम धार्मिक तथा पर्यटन विकास समिति शिवसताक्षी–११ को संयुक्त आयोजनामा मंसीर १४ गतेदेखि २४ गतेसम्म महायज्ञ आयोजना हुने आज (सोमवार) पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।   सोही महायज्ञ अन्तरगत…

कन्काई– ६ मा स्वतन्त्र उम्मेद्वार ओलीको पल्ला भारी
| |

कन्काई– ६ मा स्वतन्त्र उम्मेद्वार ओलीको पल्ला भारी

झापा । एक सातापछि झापाको कन्काई– ६ मा हुन लागेको उपनिर्वाचनमा मुख्यगरी चारजना उम्मेद्वारबीच प्रतिष्पर्धा हुने भएको छ । तर,अहिलेको माहौल हेर्दा गत आवधिक निर्वाचनका उपविजेता स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओलीले बाजी मार्ने देखिएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा कन्काई –६ मा एमालेका दीर्घबहादुर थापा ५०८ मत ल्याएर निर्वाचित हुँदा स्वतन्त्र उम्मेद्वारी दिएका ओलीले…

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
| |

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले कहाँ कहाँ के के अवरोध हो ? तिनको समाधानको उपाय के के हो भन्ने पहिचान गरेर कुन कुन निकायबाट निर्णय हुनुपर्ने हो…

देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत्
|

देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत्

झापा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ, भने बाँकी भागमा मौसम सफा रहेको छ । भागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, र गण्डकी पहाडी भागका…

रास्वपा सभापति रवि लामिछाने अझै १५ दिन हिरासतमा
|

रास्वपा सभापति रवि लामिछाने अझै १५ दिन हिरासतमा

गण्डकी, सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका…