मोटरसाइकलको ठक्करबाट झिलझिले माविका तीन विद्यार्थी घाइते
|

मोटरसाइकलको ठक्करबाट झिलझिले माविका तीन विद्यार्थी घाइते

झापा । तीब्र गतिमा आइरहेको मोटरसाइकलको ठक्करबाट शिवसताक्षी नगरपालिकाको झिलझिले माध्यमिक विद्यालयमा अध्ययनरत तीनजना विद्यार्थी घाइते भएका छन् । आज बिहान अन्दाजी ११बजे शिवसताक्षी –८ स्थित भित्री सडकखण्डमा शितल चोकबाट ढुङ्गेल चोकतर्फ आउँदै गरेको प्र. १–०१–०१७ प २४०८ नम्बरको मोटरसाइकलले आफै अनियन्त्रित भई विद्यार्थीहरुलाई ठक्कर दिएको थियो । घाइते हुनेहरुमा शिवसताक्षी ८ बस्ने सुमित्रा राईका…

निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलबभत्ता उपलब्ध गराउन नसक्ने
| |

निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलबभत्ता उपलब्ध गराउन नसक्ने

काठमाडौ । निजी मेडिकल कलेजका सञ्चालकहरूले स्नातकोत्तर तहमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने जनाएका छन् । पत्रकार भेटघाटमा उनीहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताएका हुन् । चिकित्सा शिक्षा आयोगले भने विद्यार्थीलाई अधिकृत सरहको सेवासुविधा उपलब्ध गराउनका लागि निजी मेडिकल कलेजले…

अर्जुनधारा जलेश्वरधामको ४२ औं बार्षिक अनुष्ठानको उद्घाटन
|

अर्जुनधारा जलेश्वरधामको ४२ औं बार्षिक अनुष्ठानको उद्घाटन

झापा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । विश्वब्यापीरुपमा ख्याति कमाएका प्रख्यात हिन्दू धर्मगुरु श्री १००८ स्वामी कालीबाबा र श्रीकृष्ण प्रणामी धर्मका मंगलधाम कालिम्पोङका गादीपति गुरुजी श्री १०८ मोहनप्रियाचार्यले एकैसाथ महायज्ञको उद्घाटन गरेका हुन् । अर्जुनधारा जलेश्वरधाम…

प्रधानमन्त्रीमाथि कांग्रेसको दबाब : बिआरआईमा ऋण अस्वीकार गर्ने अडान कायमै
|

प्रधानमन्त्रीमाथि कांग्रेसको दबाब : बिआरआईमा ऋण अस्वीकार गर्ने अडान कायमै

काठमाडाैं । सत्तारूढ दल कांग्रेसले बिआरआई कार्यान्वयन योजनालाई ऋणका रूपमा स्वीकार गर्न नसकिने पुरानै अडान दोहो¥याएको छ । आसन्न चीन भ्रमणमा यस्तो योजनामा हस्ताक्षर गर्ने प्रधानमन्त्री केपी ओलीको प्रयास रहेकै वेला कांग्रेसले आफ्नो अडान दोहो¥याएको हो । बिआरआईमा समान धारणा बनाउन कांग्रेस र एमालेबिच छलफल जारी रहेकै वेला कांग्रेसले विज्ञहरूसँग छलफल गरेर पार्टी धारणा सार्वजनिक गरेको हो ।…

उर्लावारी दुर्घटनाः तीनजनाको मृत्यु ,घाइते चिन्ताजनक
|

उर्लावारी दुर्घटनाः तीनजनाको मृत्यु ,घाइते चिन्ताजनक

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी–३ नयाँ मंगलबारेमा भएको मोटरसाइकल दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । घटनास्थलमा दुईजनाको मृत्यु भएकोमा थप एकजना घाइतेको मृत्यु भएको हो । त्यस्तै अर्का घाइतेको अबस्था पनि चिन्ताजनक रहेको छ । घाइते कानेपोखरी–४ का अन्दाजी २५ वर्षीय अमृत लिम्बूको उपचारको क्रममा गएराति ८ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको…

नकलबन्दा टी–स्टेटले बर्षौंदेखि हड्पेको सरकारी जमिनमाथि मेची नगरपालिकाले चलायो डोजर
|

नकलबन्दा टी–स्टेटले बर्षौंदेखि हड्पेको सरकारी जमिनमाथि मेची नगरपालिकाले चलायो डोजर

झापा । नकलबन्दा टी–स्टेटले बर्षौंदेखि हड्पेको सरकारी जमिन खाली गराउन मेचीनगर नगरपालिकाले डोजर चलाएको छ ।  टी स्टेटले कब्जा गरी प्रयोग गरिरहेको १० बिगाहा भन्दा बढी सरकारी जमिनमाथि नगरपालिकाले डोजर चलाएर आफ्नो स्वामित्वमा ल्याएको हो ।  नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोली बिहीबार डोजर लिएर जमिन खाली गराउन पुगेका थिए । टी स्टेटले…

एमालेकाे जनसभा दरबारमार्गमा : प्रधानमन्त्री ओली र महासचिव पोखरेलले सम्बोधन गर्ने
| |

एमालेकाे जनसभा दरबारमार्गमा : प्रधानमन्त्री ओली र महासचिव पोखरेलले सम्बोधन गर्ने

काठमाडौ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आज (शुक्रबार) राजधानी उपत्यकामा शक्ति प्रदर्शनको गर्न लागेकाे छ। जनसभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने पार्टीले जनाएकाे छ । ‘हजारौं मानिस दरबारमार्गमा उतार्ने तयारी पूरा भएको छ । हाम्रो जनसभापछि राष्ट्रिय रूपमा एउटा सन्देश जानेछ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयाे । गौतमका अनुसार शहीद गेटबाट शुरु भएर एमालेको जुलुस…

शुक्रबारकाे माैसम
| | |

शुक्रबारकाे माैसम

झापा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ । कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका…

भद्रपुरमा किसानका पीडा : अनुदानको ‘बहुगुनी’ धानमा भुस मात्रै फल्यो
| | |

भद्रपुरमा किसानका पीडा : अनुदानको ‘बहुगुनी’ धानमा भुस मात्रै फल्यो

झापा । भद्रपुर नगरपालिका–४ का शक्तिमान मगरले घर छेउकै १८ कट्ठा जमिनमा धान रोपे । सरकारी अनुदानको ‘बहुगुनी’ र आफैँले किनेर ल्याएको ‘रञ्जित’ जातको धान हलक्कै बढ्यो । आफैँले बीउ किनेर रोपेको रञ्जित धान फल्यो । तर, अनुदानको बहुगुनी धानमा बाला त लागे, तर भुसमात्रै फल्यो । त्यसैकारण, अब के खाएर परिवार पाल्ने भन्ने चिन्तामा मगर छन् । ‘एउटै खेतमा…

खतरनाक उल्टा काँडाको बिर्तामोडमा झाडी नै झाडी
|

खतरनाक उल्टा काँडाको बिर्तामोडमा झाडी नै झाडी

झापा । प्रतिदिन दैनिकको कार्यालय उत्तरपट्टिको खाली जग्गामा तीन वर्षअघि उल्टा काँडाका दुई चारवटा झार मात्र थिए । अहिले करिव पाँच कठ्ठा त्यो खाली जग्गा पुरै उल्टा काँडाले भरिएर त्यसका लहरा छेउछाउका घरहरुमा समेत पस्न थालिसकेको छ । अन्य छिमेकीका घरसंगै प्रतिदिन दैनिकको कार्यालयमा पनि उल्टा काँडाका लहरा छिर्न थालेको बजार व्यवस्थापक माधव खनालले बताए…