मुग्लिन–मलेखु सडक विस्तार थालियो

मुग्लिन–मलेखु सडक विस्तार थालियो

भरतपुर । मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो ।  यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले…

न्यायाधीश नियुक्ति समयमै सम्पन्न गर्नुपर्छ, बहानाबाजी गर्नुहुँदैन : कार्की

न्यायाधीश नियुक्ति समयमै सम्पन्न गर्नुपर्छ, बहानाबाजी गर्नुहुँदैन : कार्की

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । लामो समय कायममुकायम प्रधानन्यायाधीश भएर काम गरिसकेपछि गत असार १ गते प्रधानन्यायाधीश बने । लामो समय वकालत गरेका कार्कीले नेपाल बार एसोसिएसन र नेपाल सरकारको महान्यायाधिवक्ता भएर काम गरिसकेका छन् । २०७३ साल साउन १७ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त…

साउनको चौथो सोमबार : देशभरका शिवालयमा भक्तजनको लाम

साउनको चौथो सोमबार : देशभरका शिवालयमा भक्तजनको लाम

काठमाडौँ । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् । साउनको सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति…

प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूतबीच भेटवार्ता

काठमाडौँ । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न सोमबार राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको कार्यालयअनुसार दुईजनाबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको थियो । Source: Ratopati

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् । राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि आज बिहान लुच २८४९ नंको जीपमाथि ढुङ्गासहितको पहिरो खस्दा चालकसहित तीन जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट…

अनुदानको मल बढी मूल्यमा बिक्री
|

अनुदानको मल बढी मूल्यमा बिक्री

सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुुगमन गरेको छ । अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि समितिले अनुुगमन गरेकोमा प्रतिकिलो रु १० देखि १५ सम्म बढी लिने गरेको पाइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो पोखरा महानगरका उपप्रमञ्जुदेवी…

ललिता निवास प्रकरणमा विजय गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

ललिता निवास प्रकरणमा विजय गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतले बतायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

गाँजा खोज्दै घर–घरमै प्रहरी: कोशी प्रदेशमा झण्डै दुई हजार रोपनीमा लगाइएको गाँजा नष्ट

गाँजा खोज्दै घर–घरमै प्रहरी: कोशी प्रदेशमा झण्डै दुई हजार रोपनीमा लगाइएको गाँजा नष्ट

बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घर–घर पुगेर नष्ट गरेको छ । बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको टोलीले स्थानीय…

बेदुराम भुसाल एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

बेदुराम भुसाल एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष बेदुराम भुसालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्। अध्यक्ष माधवकुमार नेपाल पार्टी कामको सिलसिलामा युरोप प्रस्थान गरेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी भुसाललाई दिइएको हो। अध्यक्ष नेपाल सोमबार बिहान जेनेभा प्रस्थान गरेका छन्। उनी स्विटजरल्यान्ड, स्पेन, बेलायत आदि देशमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुने छन्। अध्यक्ष नेपाल भदौ १ गते…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन काण्डबारे छानबिन गर्न उच्चस्तरीय समितिको माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ। एमालेको अडानका बीच आज बैठक बोलाइएको हो। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक…