अटोमा ब्राउन सुगर ओसार्ने तीन जना दमकबाट पक्राउ
| |

अटोमा ब्राउन सुगर ओसार्ने तीन जना दमकबाट पक्राउ

झापा । झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अटो चालक दमक नगरपालिका–१ निवासी ३५ वर्षीय प्रकाश श्रेष्ठ र अटोमा सवार सोही स्थानका २३ वर्षीय अर्जुन लिम्बू र उनकी श्रीमती २७ वर्षीय मनीषा लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । बिहीबार बेलुका ६ बजेको समयमा…

पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै कोशी प्रदेश नाम खारेजी संयुक्त संघर्ष समितिद्वारा बन्दको घोषणा
|

पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै कोशी प्रदेश नाम खारेजी संयुक्त संघर्ष समितिद्वारा बन्दको घोषणा

झापा । कोशी नाम खारेजीको मागसहित आन्दोलनमा उत्रिएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै बन्दको घोषणा गरेको छ ।संघर्ष समितिले मंसीर ३० र पुस १ गते फेदेन, हिल्लिहाङ, थर्पूदेखि चिवाभन्ञ्याङसम्म, मेची राजमार्ग (झापा चारालीदेखि ताप्लेजुङसम्म), तमोर करिडोर मूलघाटदेखि फेदेनसम्म अनिश्चितकालीन सडक बन्दको घोषणा गरिएको जनाएको छ ।पक्राउ…

पत्रकार ढकाल पुरस्कृत
|

पत्रकार ढकाल पुरस्कृत

झापा,  पूर्बाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजक नरेन्द्र ढकाल पूर्बी गर्जन मिडिया प्रा.लि.ले स्थापना गरेको एकीकृत जनक्रान्ति बलिदानी अक्षयकोषबाट पुरस्कृत भएका छन् ।स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत रहेका ढकाललाई नगद १० हजार रुपैयाँ सहित जनपक्षीय सञ्चारकर्मीका रुपमा पूर्बी गर्जन मिडिया प्रा.लि.ले सम्मान सहित पुरस्कृत गरेको हो । लामो समयदेखि झापामा…

‘यही अवस्था रहे राजतन्त्र फर्कदैन भन्न सकिन्न ’-अनिल विरही ‘सि’
|

‘यही अवस्था रहे राजतन्त्र फर्कदैन भन्न सकिन्न ’-अनिल विरही ‘सि’

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ ले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनु पर्ने बताएका छन्।बिहीवार (आज) बिर्तामोडमा आयोजित संवाद कार्यक्रममा बोल्दै विरहीले सरकारले दमन गरेर पहिचानको आवाज दवाउन नसक्ने बताए । पहिचानको पक्षमा उठेको आवाजलाई कमजोर नठान्न सुझाउदै बिरहीले समस्या समाधानका लागि जनमत संग्रह…

गाजा क्षेत्रमा युद्ध जारी राख्ने इजरायली प्रधानमन्त्री नेतान्याहुकाे उद्घाेष
|

गाजा क्षेत्रमा युद्ध जारी राख्ने इजरायली प्रधानमन्त्री नेतान्याहुकाे उद्घाेष

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा क्षेत्रमा युद्ध जारी राख्ने उद्घाेष गर्नुभएकाे छ। गाजापट्टीमा आक्रमण रोक्न विश्व समुदायले दबाब बढाइरहेका बेला नेतान्याहुले इजरायलले चाहे अनुसारको जीत हासिल नगरेसम्म स्थल तथा हवाइ आक्रमण जारी राख्ने बताउनुभएको हो । उहाँका विदेशमन्त्री एली कोहेनले अहिलको समयमा युद्ध रोक्नु भनेको आतंकवादी संगठन हमासको लागि उपहार हुने…

बाह्रदशीमा जंगली हात्ती मृत फेला
|

बाह्रदशीमा जंगली हात्ती मृत फेला

झापामा जंगली हात्ती मृत फेला परेको छ। बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा हात्ती मृत फेला परेको जिल्ला वन कार्यालय झापाले जनाएको छ।  स्थानीयको सखरखण्ड खाएर क्षति पुर्‍याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ।  प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थल पुगेको छ। यो वर्ष झापामा तीन वटा हात्तीको मृत्यु भएको…

जलथल जङ्गलमा प्राङ्गारिक मल उत्पादन: मिचाहा प्रजाति नियन्त्रणसँगै आयआर्जन
|

जलथल जङ्गलमा प्राङ्गारिक मल उत्पादन: मिचाहा प्रजाति नियन्त्रणसँगै आयआर्जन

जैविक विविधता व्यवस्थापन कार्यक्रमअन्तर्गत प्राङ्गारिक मल उत्पादन प्रभावकारी साबित भएपछि जलथल वनका उपभोक्ताहरू मिचाहा प्रजाति नियन्त्रणमा अग्रसर देखिएका छन् । मिचाहा प्रजातिबाट प्राङ्गारिक मल उत्पादन गरी त्यसबाट आयआर्जन गर्न सकिने भएकाले मिचाहा प्रजाति व्यवस्थापनमा उपभोक्ताहरूको रुचि बढेको हो । त्योसँगै प्राङ्गारिक मल उत्पादनबाट अर्ग्यानिक खेतीमा प्रोत्साहन र माटो सुधार हुने भएपछि उपभोक्ताहरूमा उत्साह थपिएको हो…

मेचीनगरमा जग्गाको निस्सा वितरणमा तिब्रता

मेचीनगरमा जग्गाको निस्सा वितरणमा तिब्रता

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र १५ वटै वडामा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिएको छ । सोमबारदेखि सुरु भएको जग्गाको निस्सा वितरण कार्य मंगलबार वडा नं. ५, ६, ७ र ८ नं मा निरन्तरता दिइएको हो । मेचीनगर ५ मा अव्यवस्थित बसोबास १५१, भूमिहिन सुकुम्बासी १०१…

‘घुमुवा’ खटाएर कमाउ धन्धामा सशस्त्रका डीआईजी
|

‘घुमुवा’ खटाएर कमाउ धन्धामा सशस्त्रका डीआईजी

झापा । केही महिनाअघि झापाको मेचीनगरस्थित सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारसहित १५ जना सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरीले नै निर्घात कुटपिट ग¥यो । कुटपिट गर्ने सशस्त्र प्रहरीका इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक) नमप्रभाव राईसहित जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोला थिए । उनीहरुले ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई नै मेची नदीको पानीमा चोबल्दै बाँसको भाटाले निर्घात…

जब चुल्हो पाए तब खुशीको आँसु थामिएन
|

जब चुल्हो पाए तब खुशीको आँसु थामिएन

अर्जुधारा । अर्जुधारा ११ की ७२ वर्षीया मनमाया लावती जब सुुधारिएको मोटर पंखा जडित चुल्हो सित्तैमा पाइन्, उनी भक्कानिन् । उनका आँखामा हर्षका आँसु तप्किए । १२ वर्षको उमेरबाट माटोको चुल्होमा खाना बनाउँदै आएकी लावलीलाई अर्जुनधारा नगरपालिकाले सुुधारिएको मोटर पंखा जडित चुल्हो सित्तैमा दियो । अर्जुनधारा नगरपालिकाको पहलमा इपीसी नामक संस्थाले अनुुदानमा तीन हजार सात…