यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको हो। बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ। यस्तै, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। यसका साथै, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश…

सुन प्रकरणमा दोषी देखिए जुनसुकै पार्टीका भए पनि छुट हुँदैनः गृहमन्त्री श्रेष्ठ

सुन प्रकरणमा दोषी देखिए जुनसुकै पार्टीका भए पनि छुट हुँदैनः गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए माओवादी या कुनै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्न निर्वाध छाडिएको बताएका हुन्। ‘त्यो भेपको फाइल गृहमन्त्रीको टेबलमा छ नि भन्नुभयो, मेरा एकदम अनन्य मित्रले,’ रास्वपाका सभापति लामिछानेलाई…

जन्मदर्ताले छेकेको स्कुल जाने बाटो र खोप लगाउने अधिकार

जन्मदर्ताले छेकेको स्कुल जाने बाटो र खोप लगाउने अधिकार

‘…त्यसपछि अस्पताल जाने आँट आएन, भुँइया महाराजले नै मेरी छोरीको रक्षा गरेका छन्’ करिब दुई वर्षअघिको कुरा हो, धनुषाको लक्षमिनियाँ गाउँपालिका–२ का महिलाहरू स्वास्थ्य चौकीमा आ-आफ्ना बालबच्चालाई खोप लगाएर घर फर्किंदै थिए। त्यही वडाको सिनरजोडा मुसहरी टोलकी गालो सदाकी छोरीको खोप कार्ड हराए छ। स्वास्थ्यकर्मीले जन्मदर्ता प्रमाणपत्र देखाएपछि मात्रै खोप लगाउन मिल्छ भने। खोप लगाउन बच्चाको…

उपसभामुखको प्रश्न- जनजातिकै छोरी भएको कारण मलाई बोल्न नदिएको हो?

उपसभामुखको प्रश्न- जनजातिकै छोरी भएको कारण मलाई बोल्न नदिएको हो?

उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले ‘उप चुप’ भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी हुन्। उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गरिन्।  उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो? भन्दै प्रश्न समेत गरिन्। …

मुख्यमन्त्री थापाद्वारा दमकल र पिकअप भ्यान हस्तान्तरण

मुख्यमन्त्री थापाद्वारा दमकल र पिकअप भ्यान हस्तान्तरण

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ताप्लेजुङ जिल्लास्थित फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनलाई एक थान दमकल र एक थान पिकअप भ्यान हस्तान्तरण गर्नुभएको छ । उक्त दमकलको मूल्य रु ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य रु ३७ लाख ५० हजार रहेको बताइएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित कार्यक्रममा…

कोशी प्रदेशका १२ जिल्ला डेङ्गु प्रभावित, नौ जनाको मृत्यु

कोशी प्रदेशका १२ जिल्ला डेङ्गु प्रभावित, नौ जनाको मृत्यु

लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिनुभयो । चालु…

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। मंगलबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा…

बालुवाटारमा सभामुखसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल

बालुवाटारमा सभामुखसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको छ। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन्। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सभामुखसहित तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको हो। प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध…

देशभर कुन-कुन राजमार्ग अवरूद्ध छन्?

देशभर कुन-कुन राजमार्ग अवरूद्ध छन्?

सोमबार रातिदेखि परेको पानीका कारण १२ भन्दा बढी जिल्ला जोड्ने सडक अवरूद्ध भएका छन्। नेपाल प्रहरीले जानकारी दिएअनुसार भीमदत्त, पासाङ ल्हामु, बिपी राजमार्गलगायत सडक अवरूद्ध भएका छन्। केही एकतर्फी सञ्चालनमा रहेका छन्। हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ मकवानपुर, बकैया गाउँपालिका-११ म अवरूद्ध भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा पहिरो खस्दा धुलिखेल–बर्दिबास जोड्ने बिपी राजमार्ग अवरूद्ध भएको…

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा बिहान ११ बजेसम्म सतर्क रहन आग्रह

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा बिहान ११ बजेसम्म सतर्क रहन आग्रह

काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अविरल वर्षातका कारण विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता नजिक पुगेकाले तटीय क्षेत्रमा बिहान ११ बजेसम्म सतर्कता अपनाउन भनिएको छ। त्यस्तै बागमतीको पधेरा दोभान (कर्मैया) जलमापन केन्द्रमा जल सतह खतरा …