भासिएको भीमदत्त राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनर्निर्माणमा थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्। सोमबार अपराह्नदेखि परेको अविरल वर्षाले देशभर ठूलो भौतिक क्षति बनाएको छ भने केही ठाउँमा मानवीय क्षति पनि पुर्याएको छ। मन्त्री ज्वालाले मकवानपुरको बाग्मती गाउँपालिका सिग्रेमा पहिरो परी सन्तमाया स्याङ्तानको निधन…