मंसीर १ गतेदेखि बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव
| |

मंसीर १ गतेदेखि बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव

बिर्तामोड । मंसिर १ गतेदेखि झापाको बिर्तामोडमा ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१’ हुने भएको छ ।  तामाङ घेदुङ्ग बिर्तामोड नगर समिति तथा नेपाल चलचित्रकर्मी संघको संयुक्त आयोजनामा मंसीर १ देखि १५ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।  आयोजक संस्थाले आज (बिहीवार) बिर्तामोडस्थित महोत्सव स्थलममा पत्रकार सम्मेलनेको आयोजना गरी तयारीका बिषयमा जानकारी दिएको छ । …

हलिउड फिल्म ‘फ्र्याक्चर’मा आर्यन, नेपालमा गरियो ७० प्रतिशत छायांकन
| |

हलिउड फिल्म ‘फ्र्याक्चर’मा आर्यन, नेपालमा गरियो ७० प्रतिशत छायांकन

अभिनेता आर्यन सिग्देलले पहिलोपटक हलिउड फिल्ममा काम गरेका छन् । अमेरिकी निर्देशक तथा छायाँकार रायन ट्राभिसको निर्देशनमा तयार भएको फिल्म ‘फ्र्याक्चर’बाट उनले हलिउडमा डेब्यु गरेका हुन् । पूर्ण रूपमा अङ्ग्रेजी भाषामा तयार भएको फिल्ममा आर्यनसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्ट पनि मुख्य भूमिका छन् । उनले ‘हलिउड किल्स’, ‘अन्डर द वेस्टर्न सन’, ‘सिरोनिया’, ‘द रेड’ जस्ता…

‘पूर्ण बहादुरको सारङ्गी’को प्रभाव : रोकियो ‘केटी हराएको सूचना’को रिलिज
| |

‘पूर्ण बहादुरको सारङ्गी’को प्रभाव : रोकियो ‘केटी हराएको सूचना’को रिलिज

यही कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेको फिल्म ‘केटी हराएको सूचना’ अब पूर्वनिर्धारित मितिमा नआउने भएको छ । शुक्रबार निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको जनाएको छ । लक्ष्मीपूजाबाट आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्व व्यापार गरेपछि ‘केटी हराएको सूचना’ले रिलिज स्थगन गरेको…

‘सानो संसार’ : प्रिमियरमा प्रशंसाको वर्षा, हलमा दर्शकको हाहाकार
| |

‘सानो संसार’ : प्रिमियरमा प्रशंसाको वर्षा, हलमा दर्शकको हाहाकार

नेपाली फिल्म हलमा भन्दा ज्यादा प्रिमियरमा प्रशंसित र सुपरहिट हुन्छन् । प्रायः नेपाली फिल्मको प्रिमियरमा हलको सिट नै खाली हुँदैन । प्रशंसा उस्तै ओइरो आउँछ । हलमा निदाएर उठेकाहरु पनि मिडियाको अगाडि प्रशंसाको पूल बाँधिदिन्छन् । र, त्यसलाई जित ठानेर फिल्मकर्मीहरु गदगद भइरहेका हुन्छन् । तर, जब फिल्म रिलिज हुन्छ, तब माहोल नै अर्कै देखिन्छ…

दुई महिनामा वर्षाले पाएको हिट र फ्लप
| |

दुई महिनामा वर्षाले पाएको हिट र फ्लप

अभिनेत्री वर्षा सिवाकोटीले निजी जीवन र फिल्मी करिअरमा ठूलो आरोह-अवरोह झेलेकी छन् । वैवाहिक जीवन एक वर्ष नपुग्दै टुंगियो । डेब्यु फिल्म ‘नाइँ नभन्नू ल २’ र दोस्रो फिल्म ‘पशुपति प्रसाद’पछि उनका १२ वटा फिल्म श्रृंखलाबद्ध रुपमा असफल भए । जसले उनको करिअर नै संकटग्रस्त बनायो । तर, ‘प्रतिक्षाको फल मीठो हुन्छ’ भनेझैँ वर्षाले ७…

‘फिरफिरे फिरिरी’को आइटम गीतमा अलिशाको ठुम्का
| |

‘फिरफिरे फिरिरी’को आइटम गीतमा अलिशाको ठुम्का

छठ पर्वको दिन पारेर यही कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको हरर-कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को आइटम गीत सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमार्फत् सार्वजनिक ‘टिमिक्कै चोली’ बोलको गीतमा अनु चौधरीको पार्श्व गायन छ भने प्रशान्त सिवाकोटीको शब्द रचना तथा संगीत छ । गीतको भिडियोमा मोडल अलिशा शर्माको आकर्षक नृत्य देख्न सकिन्छ । उनी फिल्मको…

बक्स अफिसमा आक्रामक ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’, व्यापारमा ‘ज्वाइँ साब’ पनि राम्रो
| |

बक्स अफिसमा आक्रामक ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’, व्यापारमा ‘ज्वाइँ साब’ पनि राम्रो

दशैंको समय फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यो चाडमा सबैजसो उमेरका मानिसका लागि मनोरञ्जन पहिलो प्राथमिकतामा पर्छ । यसैले दशैंमा फिल्म लगाउँदा बढी व्यापार हुन्छ भन्ने विश्वास निर्मातामा देखिन्छ । यसपालिको दशैंको फूलपातीमा आएका तीन नेपाली फिल्म ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले दशैं…

‘ज्वाइँ साब’को कथा मेरै वरिपरि घुम्छ : नीति शाह
| |

‘ज्वाइँ साब’को कथा मेरै वरिपरि घुम्छ : नीति शाह

यही बिहीबार (फूलपाती)बाट प्रदर्शनको तयारीमा रहेको ‘ज्वाइँ साब’ अभिनेत्री नीति शाहको अभिनयको हिसाबले दोस्रो फिल्म हो । गत बैशाख अन्तिममा आएको डेब्यु फिल्म ‘खजुरे ब्रो’बाट उनलाई व्यावसायिक सफलता र अभिनयको प्रशंसा दुवै मिल्न सकेन । त्यसैले उनका लागि ‘ज्वाइँ साब’ सफल हुनुपर्ने दबाब मात्र छैन, आफूलाई अभिनयमा प्रमाणित गर्नुपर्ने चुनौती पनि उतिक्कै छ । निर्देशक…

नारीप्रधान भएर पनि ‘बेहुली फ्रम मेघौली’ रमाइलो छ : स्वस्तिमा
|

नारीप्रधान भएर पनि ‘बेहुली फ्रम मेघौली’ रमाइलो छ : स्वस्तिमा

स्वस्तिमा खड्काले ‘भर्सटायल’ अभिनेत्रीको रुपमा आफ्नो छवि निर्माण गरेकी छन् । ‘बुलबुल’मा निर्वाह गरेको ‘रणकला’को चरित्र होस् वा ‘चिसो मान्छे’मा सुदूरपश्चिमकी ‘पुष्पा’को चरित्र नै किन नहोस्, हरेकमा उनले आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकी छन् । अभिनयमा उनले जुन उचाइँ हासिल गरेकी छन्, त्यो धेरैका लागि लोभलाग्दो छ । अब उनले निर्मात्रीको परिचय पनि थपेकी छन्…

निरुता भन्छिन्, ‘फिल्मलाई एकदमै मिस गर्छु’
| |

निरुता भन्छिन्, ‘फिल्मलाई एकदमै मिस गर्छु’

कुनै बेलाकी सर्वाधिक सफल अभिनेत्री निरुता सिंहले लामो समयपछि केमियो भूमिकामै भए पनि ‘नाइँ नभन्नू ल ५’बाट अभिनयमा कमब्याक गरेकी थिइन् । यसपछि फिल्म ‘दाल भात तरकारी’मा मुख्य भूमिका निभाइन् । तर, यो फिल्मपछि निरुता फेरि निस्क्रिय देखिएकी छन् । फिल्मबाट अफर पुगिरहेको भए पनि उनले काम गरेकी छैनन् । उनी फिल्ममा नदेखिएको ५ वर्ष…