|

४८ वर्षयता पहिलो पटक राजस्व घट्ने संकेत

सरकारको राजस्वले यो वर्ष रेकर्ड कायम गर्ने देखिएको छ। यो रेकर्ड सकारात्मक भने होइन। सरकारको राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जान्छ। अघिल्लो वर्षभन्दा धेरै हुँदै जाने प्रवृत्ति छ। तर यो आर्थिक वर्षमा यो प्रवृत्ति भंग हुने संकेत देखिएको छ। र, यस्तो अवस्था ४८ वर्षयता पहिलो पटक हुन लागेको हो। आर्थिक वर्ष २०३१/३२ पछि यस्तो अवस्था देखिएको थिएन। त्यसैले यो…

सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौं जिल्ला अदालतमा

सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौं जिल्ला अदालतमा

उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं आइपुगेको छ। लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौं जिल्ला अदालतमा आइपुगेको बताए। उनले पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र २० लाख रुपैयाँ धरौटी बुझाएपछि…

धरौटीमा २० लाख नगद बुझाएर छुट्दैछन् सन्दीप लामिछाने 

धरौटीमा २० लाख नगद बुझाएर छुट्दैछन् सन्दीप लामिछाने 

छोड्नुअघि केन्द्रीय कारागारले गर्नेछ उनको स्वास्थ्य परीक्षण बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्। उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले  बैंक जमानत वा नगद बुझाउन भनेकाले लामिछानेले नगदै २० लाख धरौटी बुझाउन लागेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए। लामिछानेलाई धरौटीमा छोड्न न्यायाधीशद्वय…

झापाका क्रसर व्यवसायी आन्दोलित, आजबाट सबै क्रसर उद्योग बन्द गर्ने निर्णय

झापाका क्रसर व्यवसायी आन्दोलित, आजबाट सबै क्रसर उद्योग बन्द गर्ने निर्णय

झापा,  झापाका क्रसर उद्योगी तथा व्यवसायी आन्दोलित भएका छन् ।नेपाल सरकार गृह मन्त्रालयले गत पुस २० गते सार्वजनिक सूचना जारी गर्दै अबैधानिक क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनसंगै झापामा रहेका क्रसर उद्योगी तथा व्यवसायीहरु आन्दोलित भएका हुन् । २०७१ सालअघि मापदण्ड पु¥याएर आफूहरुले उद्योग दर्ता गरेपनि सरकारले नयाँ मापदण्ड बनाएर व्यवसायीमाथि…

प्रदेश नं १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

प्रदेश नं १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

प्रदेश नं १ को सभामुखमा प्रदेशसभा सदस्य बाबुराम गौतम आज निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत)को नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी गर्नुभयो । सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो भने उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य…

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज साँझ अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले मङ्गलबार संसद्बाट विश्वासको मत पाएपछि आज अध्यक्ष ओलीसँग भेट गर्नुभएको हो । विश्वासको मत पाएछि मन्त्रिपरिषद्लाई…

एकीकृत समाजवादीले पठायो घनश्यामलाई स्वागत पत्र

एकीकृत समाजवादीले पठायो घनश्यामलाई स्वागत पत्र

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (एमाले) त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको अध्यक्ष माधवकुमार नेपालले बताए। ‘घनश्याम भुसाललाई हामीले उहाँले उठाएका सैद्धान्तिक र वैचारिक सवालको सम्बोधन हुनेगरी पत्र पठाएका छौं। उहाँलाई हामीले स्वागत पत्र पठाएका हौं,’ नेपालले सेतोपाटीसँग भने। भुसाललाई समाजवादीले बुधबार अपरान्ह पत्र पठाएको हो। भुसाल…

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ । भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले नेपालबाट चार सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यकपर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र नेपालमा उन्नत (हाइब्रिट)…

प्रतिपक्षीमा बस्न कांग्रेसले प्रस्तुत गरेको २०५१ सालको नजिरमा के छ?

प्रतिपक्षीमा बस्न कांग्रेसले प्रस्तुत गरेको २०५१ सालको नजिरमा के छ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक नेपालको संसदीय इतिहासमा नयाँ रेकर्ड कायम गरेका छन्। प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा २७५ सदस्यीय प्रतिनिधि सभाका २६८ सांसदले प्रचण्डलाई मत दिएका हुन्। उनको विपक्षमा केवल २ मत मात्र परेको हो। प्रमुख प्रतिपक्षी दलका रूपमा आफूलाई संसदमा प्रस्तुत गरिरहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएपछि संसदमा नयाँ रेकर्ड…

झापाको शिवसताक्षीमा हात्ती आतंक

झापाको शिवसताक्षीमा हात्ती आतंक

झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले हिजोआज आतंक मच्चाउन थालेको छ। हात्तीको बथान गाउँ पसेपछि स्थानीय ज्यान जोगाउन घर छाडेर भाग्ने गरेका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर ८ सम्झना चोकको दक्षिण क्षेत्रका ५ घर हात्तीले मंगलबार राती भत्काएको छ भने किसानले भण्डारण गरेको अन्न नष्ट गरिदिएको छ। चार वटा हात्तीले एक महिनादेखि शिवसताक्षी नगरपालिकाका विभिन्न ठाउँमा घर भत्काउने,…