फ्रान्समा ३४ वर्षका युवा बने प्रधानमन्त्री
| |

फ्रान्समा ३४ वर्षका युवा बने प्रधानमन्त्री

काठमाडौ । ३४ वर्षीय गेब्रियल याटाल फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार नयाँ सरकारको प्रमुखको रुपमा याटालको नाम घोषणा गरेका हुन् । याटाल आधुनिक फ्रान्सेली इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन् । यसअघि समाजवादी लरेन्ट फाबियस सन् १९८४ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए ।उनी एलिजाबेथ बोर्नको उत्तराधिकारी बन्ने भएका हुन् । बोर्नले आफ्नो कार्यकालको २०…

नेपाल र सिक्किमको सम्बन्धमा कुनै आँच आउने छैन
|

नेपाल र सिक्किमको सम्बन्धमा कुनै आँच आउने छैन

वीरेन्द्र तामलिंग   सिक्किम (भारत) र नेपालको काेशी प्रदेशले ९९ किलोमिटर लामो सिमाना साँझा गर्छ र अजंग पहाड़ चिवाभन्ज्यांग र विश्वको तेस्रो भिमकाय उच्च हिमाल कंचनजंगा नेपाल र सिक्किमको सिमानाको रूपमा अवस्थित छ । नेपालपट्टि कञ्चनजंगामा चढ़ने अनुमति पाए पनि हामी सिक्किमेहरू उच्च हिमाल कञ्चनजंगालाई ‘अति पवित्र’ एक आराध्य देवको रूपमा पूजा गर्छौँ र सिक्किमपट्टिबाट…

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका
|

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।  काठमाडौँ अवतरण गरे लगत्तै विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२…

रूसी सेनामा गएका थप तीन नेपालीको मृत्यु
|

रूसी सेनामा गएका थप तीन नेपालीको मृत्यु

झापा । रूसी सेनामा गएका थप तीन नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  ‘हामीलाई थप तीन जना नेपाली मारिएको सूचना प्राप्त भएको छ।’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृतबहादुर राईले भने, पूर्ण विवरण केहीबेरमा सार्वजनिक गर्छाैं।’ योसँगै रुस-युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १०…

गाजा युद्ध रोकिँदैन : इजरायल
| |

गाजा युद्ध रोकिँदैन : इजरायल

काठमाडौँ । इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्धको युद्ध सन् २०२४ मा पनि जारी रहने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिएका हुन् । इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने…

इण्डियन आइडलमा मेनुकाको चर्चा चुलिँदो, उदितबाट पाइन् मूर्ति उपहार
| |

इण्डियन आइडलमा मेनुकाको चर्चा चुलिँदो, उदितबाट पाइन् मूर्ति उपहार

काठमाडौँ । इण्डियन आइडलमा सहभागी नेपाली गायिका मेनुका पौडेलको चर्चा दिन प्रतिदिन चुलिँदो छ । प्रतियोगितामा उनलाई एकपछि अर्को चर्चा मिलिरहेको छ । प्रतियोगितामा उनले बलिउड गायक उदित नारायण झालाई उत्कृष्ट प्रस्तुति मार्फत प्रभावित पार्दै साइबाबाको मूर्ति उपहार समेत पाएकी छन् । प्रतियोगितामा उनले उदितको गीत ‘साइनाथ’ गाएकी थिइन् । जुन आगामी एमिसोडमा प्रसारण गरिनेछ…

झापाका धनबहादुरको मलेसियामा हत्या, हत्या गरी नेपाल भाग्ने साहा पक्राउ
| |

झापाका धनबहादुरको मलेसियामा हत्या, हत्या गरी नेपाल भाग्ने साहा पक्राउ

झापा । झापा शिवसताक्षी नगरपालिका-३ बस्ने ४० वर्षीय धनबहादुर प्रधानको मलेसियामा हत्या भएको छ । मलेसियाको हर्ता मेन्टेनेन्स कम्पनीमा कार्यरत प्रधानलाई उनीसँगै काम गर्ने महोत्तरीको गौशाला- ५ का २४ वर्षीय अनिलकुमार साहा कलुवारले गत मङ्सिर २५ गते हत्या गरेका हुन् । मलेसियामा हत्या गरी भागेका साहालाई प्रहरीले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रधान विगत…

गाजा क्षेत्रमा युद्ध जारी राख्ने इजरायली प्रधानमन्त्री नेतान्याहुकाे उद्घाेष
|

गाजा क्षेत्रमा युद्ध जारी राख्ने इजरायली प्रधानमन्त्री नेतान्याहुकाे उद्घाेष

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा क्षेत्रमा युद्ध जारी राख्ने उद्घाेष गर्नुभएकाे छ। गाजापट्टीमा आक्रमण रोक्न विश्व समुदायले दबाब बढाइरहेका बेला नेतान्याहुले इजरायलले चाहे अनुसारको जीत हासिल नगरेसम्म स्थल तथा हवाइ आक्रमण जारी राख्ने बताउनुभएको हो । उहाँका विदेशमन्त्री एली कोहेनले अहिलको समयमा युद्ध रोक्नु भनेको आतंकवादी संगठन हमासको लागि उपहार हुने…

भारतको लोक सभाले गर्‍यो राहुल गान्धीलाई संसदमा पुनर्बहाल

भारतको लोक सभाले गर्‍यो राहुल गान्धीलाई संसदमा पुनर्बहाल

भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली भएको छ।  लोक सभाका महासचिवले उनको सांसद पद सोमबार पुनर्बहाल गरेका हुन्। पुनर्बहाली भएसँगै राहुल संसद भवन पुगेका छन्। उनले सं‌सद भवन परिसरमा रहेको महात्मा गान्धीको शालिकमा फूल चढाएका छन्। गान्धी संसद फर्किएसँगै कंग्रेसका नेताहरूले खुसियाली मनाए। उनीहरूले नाराबाजी गरे भने मिठाइ पनि बाँडेका थिए। भारतको सर्वोच्च अदालतले गान्धी माथिको सजायमा गत…

वैदेशिक रोजगारीका लागि युरोपेली देशमा नेपालीको आकर्षण
|

वैदेशिक रोजगारीका लागि युरोपेली देशमा नेपालीको आकर्षण

काठमाडौँ । नेपालीहरूले वैदेशिक रोजगारीका लागि युरोपलाई नयाँ गन्तव्य बनाउँदै गएका छन् । खाडी मुलुक केन्द्रित हुँदै आएको पछिल्ला वर्षहरूमा भने युरोपतिर ध्यान जान थालेको देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा खाडी मुलुकसँग युरोपका विभिन्न मुलुकमा समेत नेपाली श्रमिकहरूको संख्या बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७९÷०८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा…