भ्याट छली मुद्दामा भाटभटेनी दोषी 
| | |

भ्याट छली मुद्दामा भाटभटेनी दोषी 

काठाडौँ । मूल्य अभिवृद्धि कर (भ्याट) छलीसम्बन्धी हाइप्रोफाइल मुद्दामा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालि दोषी ठहर भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि आफैँले गरेको फैसला मंगलबार सदर गर्दै भाटभटेनीले नक्कली भ्याटबिल बनाएर कर छलेको ठहर गरेको हो । यससँगै भाटभटेनीले कर, जरिवाना, थप दस्तुर तथा ब्याजसमेत गरी डेढ अर्ब रुपैयाँभन्दा बढी रकम राज्यलाई बुझाउनुपर्ने…

आजबाट सरकारी कार्यालय ५ बजेसम्म खुल्ने
|

आजबाट सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं । देशभरका सम्पूर्ण सरकारी कार्यालय आजदेखि साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि सम्पूर्ण सरकारी कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म हुने जनाएको थियो । यसअघि गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न…

सामाजिक सुरक्षा कोषले ठुला आयोजनामा लगानी गर्ने
| |

सामाजिक सुरक्षा कोषले ठुला आयोजनामा लगानी गर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषले ठुला आयोजनाहरूमा लगानी गर्ने भएको छ । अर्बौँ रुपैयाँ लगानी योग्य रकम रहेको कोषले जलविद्युत क्षेत्र लगायतका ठुला आयोजनामा लगानी गर्ने भएको हो । त्यसका लागि कोषले हाइड्रो इलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलेपमेन्ट एन्ड कम्पनी लिमिटेड (एचआईडीसीएल) सँग लगानी सहकार्यको सम्झौता गरेको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट ‘मिटर ब्याज विरुद्धको न्याय मार्च’ सुरु
|

पूर्वी नाका काँकडभिट्टाबाट ‘मिटर ब्याज विरुद्धको न्याय मार्च’ सुरु

काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टाबाट ‘मिटर ब्याज विरुद्धको न्याय मार्च’ अभियान आजदेखि सुरु गरिएको छ । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिको अगुवाइमा  पीडितहरूले मेची पुलबाट  ‘न्याय मार्च’ (पैदल यात्रा)को सुरु गरेका हुन् । मिटर ब्याज सम्बन्धी कानुन संशोधन र आर्थिक तथा सामाजिक अपराधको रुपमा स्थापित मिटर ब्याज छानबिनका लागि शक्तिशाली उच्च आयोग गठनको…

हल्दिबारीको सहकारी र दूध सङ्कलन केन्द्रमा चोरी
|

हल्दिबारीको सहकारी र दूध सङ्कलन केन्द्रमा चोरी

झापा । झापाको हल्दिबारीमा एक सहकारी र दूध सङ्कलन केन्द्रमा गए राति चोरी भएको छ । हल्दिबारी गाउँपालिका- ४ स्थित जलथल साना किसान सहकारी संस्थामा चोरी भएको हो । चोरले सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद १ लाख २५ हजार चोरी भएको जनाइएको छ । त्यस्तै दूध सङ्कलन केन्द्रको २६ हजार समेत चोरी भएको छ। चोरीको…

भुटानमा ३ नेपाली भाषी बने मन्त्री, ढुंगेललाई परराष्ट्रको जिम्मेवारी
| |

भुटानमा ३ नेपाली भाषी बने मन्त्री, ढुंगेललाई परराष्ट्रको जिम्मेवारी

एजेन्सी । भुटानमा तीन जना नेपाली भाषी मन्त्री बनेका छन्।  भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकबाट छिरिङ तोब्गे औपचारिक रुपमा प्रधानमन्त्री पदमा दोस्रो पटक नियुक्त भएसँगै तोब्गेले गठन गरेको नवगठित नौ सदस्यीय भुटानी मन्त्रिपरिषद्धमा तीन जना नेपाली भाषीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन्।  तोब्गेको मन्त्री मण्डलमा नेपाली भाषी डिएन ढुंगेललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ। शिक्षामन्त्रीमा डिम्पल थापा र…

कोशीमा हल्का वर्षाको सम्भावना
|

कोशीमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। देशका तराईका थोरै  स्थानहरूमा हुस्सु  लागेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी…

चारआलीको हट स्मोक क्याफेमा १५ वर्षीया बालिका बलात्कृत
| |

चारआलीको हट स्मोक क्याफेमा १५ वर्षीया बालिका बलात्कृत

झापा । झापामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । मोरङ उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका–१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको…

झापामा ५४ जना नयाँ कुष्ठरोगी 
| |

झापामा ५४ जना नयाँ कुष्ठरोगी 

झापा । झापामा ५४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ जना महिला र ३६ जना पुरुष गरी ५४ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । फेला परेका नयाँ कुष्ठरोगीमध्ये दुई जना बालबालिकासमेत रहेका छन् । झापाको दक्षिणी ग्रामीण क्षेत्रमा कुष्ठरोगीको…

आज शहीद दिवस
|

आज शहीद दिवस

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ ।सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा…