‘बिर्तामोड झापा कप’ को विजेताले १० लाख पाउने
| |

‘बिर्तामोड झापा कप’ को विजेताले १० लाख पाउने

  झापा । झापा-११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । प्रतियोगिता सञ्चालन…

शिवगञ्ज बजार बन्द
|

शिवगञ्ज बजार बन्द

विनोद सापकोटा,शिवगञ्ज ।झापाको शिवगञ्ज बजार स्थानीय व्यवसायीले अनिश्चितकालका लागि बन्द गराएका छन् । सोमबार बिहानैदेखि बजार बन्द गराएको स्थानीय व्यवसायीले बताए ।शिवगञ्ज बजार व्यवस्थापनका लागि स्थानीय सरकारले चासो नदिएको भन्दै बजारबासी आक्रोशित छन् । शिवगञ्ज बजारको नयाँ तरकारी मण्डी पनि चार दिनदेखि बन्द छ । सरकारले करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरेको तरकारी मण्डीको भवनभित्र…

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
|

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

झापा । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनका अनुसार बैठकले प्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ। राष्ट्रिय…

खनारको तनावमा २२ जना प्रहरी घाइते, ५६ राउण्ड फायर
| |

खनारको तनावमा २२ जना प्रहरी घाइते, ५६ राउण्ड फायर

झापा । बसको ठक्करबाट बालिकाको मृत्युपछि सुनसरीको खनारमा उत्पन्न तनावमा २२ जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीतर्फ २० र सशस्त्र प्रहरीतर्फ २ जना गरी जम्मा २२ जना घाइते भएको र उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रण बाहिर गई प्रहरीमाथि ढुङ्गामुडा गरेपछि प्रहरीले इन्सास राईफलबाट ११…

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन
|

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौँ। पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । उहाँ २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँलाई संविधानविद्…

देवभूमि विद्यापीठ स्कुलमा खाद्य उत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
|

देवभूमि विद्यापीठ स्कुलमा खाद्य उत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बिर्तामोड । झापाको अर्जुनधारास्थित देवभूमि विद्यापीठ अङ्ग्रेजी बोर्डिङ स्कुलले खाद्य उत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । अर्जुनधारा नगरपालिका– ५ मा रहेको विद्यालयले खाद्य उत्सवसँगै सांस्कृतिक कार्यक्रम गरेको हो ।  विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्य रहेको थियो ।  कार्यक्रममा…

चारआली खानेपानी चुनाव-कांग्रेस,एमाले चिलिम, अध्यक्षमा माओवादीका चिमरिया विजयी
| |

चारआली खानेपानी चुनाव-कांग्रेस,एमाले चिलिम, अध्यक्षमा माओवादीका चिमरिया विजयी

चारआली । मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा राजन चिमरिया विजयी हुने सुनिश्चित रहेको छ । संस्थाको अहिले भर्खरैको प्रारम्भिक नतिजा अनुसार १३८१ मत गणना हुँदा अध्यक्षमा नेकपा माओवादी केन्द्रका साझा समूहका उम्मेदवार चिमरियाको ७००, काँग्रेसका बालकुमार विष्टको २३३ र एमालेका सन्तोष मेचेको ३८० मत ल्याएका छन् । अध्यक्षमा मेचेका भन्दा…

हात्तीकाे आक्रमणबाट झापाको दमकमा एक जनाकाे मृत्यु
|

हात्तीकाे आक्रमणबाट झापाको दमकमा एक जनाकाे मृत्यु

दमक। जंगली हात्तीको आक्रमणबाट झापाको दमकमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा दमक नगरपालिका- ३ निवासी ४५ वर्षीय मीनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहानकाे राती २ बजेकाे समयमा  दमक नगरपालिका-३ स्थित दिपज्योति  टोलमा जंगलबाट आएको एउटा हात्तीले स्थानीय सुविन भट्टराईकाे भान्सा घर भत्काउन खाेज्दा छिमेकी भण्डारीसहित मानिसहरू…

बाह्रदशीको फूलवारीमा अर्को अपराधः राजवंशीले रडले हानेर गरे छिमेकीको वीभत्स हत्या
| |

बाह्रदशीको फूलवारीमा अर्को अपराधः राजवंशीले रडले हानेर गरे छिमेकीको वीभत्स हत्या

झापा , मंसिर २ । राजेश हजाम हत्याकाण्ड भएको डेढ महिना नवित्दै झापाको बाह्रदशी– ५ फूलवारीमा अर्को अपराध भएको छ । गएराति पूर्व रिसिबीका कारण फूलवारीकै एकजनाले रड प्रहार गरी छिमकीको हत्या गरेका छन् । घटना राति ९.२० बजेतिरको हो । घरमा आएका छिमकी ४५ वर्षीय गंगालाल माझीलाई फूलवारीकै अन्दाजी २७ वर्षीय मानकुमार राजवंशीले रडले…

मोरङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु
| |

मोरङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा टिपरको ठक्करबाट शनिबार दिउँसो दुई जनाको मृत्यु भएको छ।  मिक्स गिट्टी बोकेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए। उनका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको टिपरले पूर्वतर्फ जाँदै गरेको २० प ६०७ नम्बरको…