मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा
दमक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुंगा प्रहार भएको छ । उनी सवार गाडीमाथि दमकमा पहिचानवादीहरूले ढुंगा प्रहार गरेको हुन् ।
दमक नगरपालिकाले आयोजना गरेको लागूऔषध नियन्त्रण, रोकथाम, चेतना र उपचार अभियानको शुभारम्भ कार्यक्रममा आएका मुख्यमन्त्री कार्कीको गाडीमाथि ढुंगा प्रहार भएको हो ।
मुख्यमन्त्री आउने भएपछि दमकमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । बरगाछीबाट बैकल्पिक बाटोको प्रयोग गर्दै कार्यक्रमस्थल ल्याउने क्रममा मुख्यमन्त्री कार्कीको गाडीमाथि दमक(९स्थित सरस्वती मावि नजिकै ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट मुख्यमन्त्री कार्कीको गाडीको सिसा फुटेको छ ।
प्रदेशसभाले प्रदेशको नाम कोशी राखेयता पहिचानवादी आन्दोलित छन् ।