बिर्तामोडमा पौडेलको ठगीधन्दा, करोडौं कुम्लाएर फरार (पीडितहरुको सूचिसहित)
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका- २ चैतुवारीका एक व्यवसायी करोडौँ रकम ठगी गरी फरार भएका छन् । चैतुवारी बजारमा पूजा सामग्रीको पसल संचालन गर्दै आएका बिर्तामोड- २ कै ३३ वर्षीय घनश्याम पौडेल स्थानीयहरुको ५ करोडभन्दा बढी रकम ठगी गरी फरार भएका हुन् । विगत एक वर्षदेखि फरार रहेका पौडेलविरुद्ध पीडितहरुले मुद्धा दायर गरेपनि उनी विगत एक वर्षदेखि भेटिएका छैनन् ।
५३ जना पीडितहरूले आफूहरूको ३ करोड ७१ लाख रुपैयाँ ठगी गरेको भन्दै पौडेलले लगेको रकमको सूची नै सार्वजनिक गरेका छन् । आफ्नो मात्र ७५ लाख रुपैयाँ ठगी गरेको पूर्व गाविस सचिव रहेका चैतुवारीका हरिप्रसाद श्रेष्ठले बताए । उनलाई पौडेलले ५५लाखको बाउन्स चेक दिएका थिए । रकम बिनाको ५५ लाखको चेक बाउन्सको उनले मुद्दा दिएका छन् । त्यस्तै चेतुवारीकै दिलीप राजवंशीको पनि ७५ लाख रुपैयाँ पौडेलले ठगी गरेका छन् । आफूलाई पनि बाउन्स चेक दिएर ७५ लाख रुपैयाँ ठगी गरी पौडेल फरार भएको राजवंशीले बताए । उनले आफूले पनि चेक बाउन्सको मुद्दा दायर गर्न लागेको जानकारी दिए । स्थानीयहरूसँग चर्को मिटर व्याजमा रकम लिएर उनले त्यति धेरै रकम ठगी गरेको बुझिएको छ । मिटर व्याजमा ऋण लिएर त्यसबापत उनले ऋणीहरूलाई बाउन्स चेक दिएको खुलेको हो ।
कतिपयसँग उनले सापट लिएका थिए । छरछिमेकदेखि नातागोतासम्मलाई उनले ठगी गरेको बताइएको छ । चैतुवारीमै घरपरिवार भएका पौडेललाई गत वर्ष पक्राउ गरी पीडितहरूले दुई पटक इलाका प्रहरी कार्यालय बिर्तामोडमा पुर्याएका थिए । तर, त्यस बेलाका डीएसपी रुगमबहादुर कुँवरले कारबाही नगरी छाडिदिएको पूर्व गाविस सचिव श्रेष्ठले गुनासो गरे । उनका अनुसार पौडेल बेपत्ता छन् भने घरमा रहेका श्रीमती र परिवारका अन्य सदस्यले आफूहरूलाई केही पनि थाहा नभएको बताउँदै आएका छन् । प्रहरीले पौडेलको खोजी कार्यका लागि तदारुकता नदेखाउँदा आफूहरू पीडित बनेको श्रेष्ठले बताए । चेक बाउन्सको कसुरमा खासै सजाय नहुने भएपछि अदालती प्रक्रियामा पीडितहरू नगएको अर्का पीडित दिलीप राजवंशीले बताए । उनीहरूले पौडेललाई नेपालभित्र कहीकतै देखेमा वा फेला पारेमा प्रहरीलाई जानकारी दिन सार्वजनिक अपिल गरेका छन् । पौडेलले ठगी गरेका पीडित र उनीहरूको रकम निम्न अनुसार रहेको छ ।
१.गुणराज अर्याल – १५०००००
२.हरिप्रसाद श्रेष्ठ – ७५०००००
३. दिलीप राजवंशी – ७५०००००
४. भवानी पकुवाल – ४५००००
५. किरण राजवंशी – २४०००००
६. नेत्र प्रसाईँ – ११०००००
७. रोजिना पकुवाल – १०००००
८. रोशन पकुवाल – १०००००
९. टिका प्रसाईँ – ५०००००
१०.टिका प्रसाईँ २ –३०००००
११.सुष्मा राजवंशी –२०००००
१२.सूर्यप्रसाद राजवंशी–१०००००
१३.पारस भट्टराई – ६,१९०००
१४. भवानी अधिकारी–४०००००
१५. टोम राजवंशी – ४०००००
१६.पुष्पलाल राजवंशी –४५००००
१७.होमनाथ शिवाकोटी–४९००००
१८. खगेन्द्र थपलिया – १८००००
१९. चूडामणि थपलिया– १०००००
२०.निम राजवंशी – ४०००००
२१. टिकादेवी काफ्ले – ६५००००
२२. इन्दु सिलवाल – ५००००
२३. गणेश उप्रेती – ३०००००
२४. राजेन्द्र श्रेष्ठ(जंगबहादुर)– ३५००००
२५. पुरुषोत्तम न्यौपाने – १५००००
२६. अशोक पण्डित – ४०००००
२७. पूजा पण्डित – १०००००
२८. रमेश खरेल – ७०००००
२९.राजेन्द्र खरेल – ४५००००
३०. विजयकुमार गोस्वामी–१४००००
३१. कमल गोस्वामी– ५००००
३२. गायत्री काफ्ले – ४०००००
३३. माधव भण्डारी – ५००००
३४.नरेन्द्र भण्डारी – २५००००
३५.घनश्याम गौतम– २०००००
३६.गोपाल दाहाल – २०००००
३७. नवराज नेपाल – २०००००
३८. प्रयास गिरी – ५००००
३९. पारस सङ्ग्रौला – ११५००००
४०. देवीमाया सुवेदी– १०००००
४१. पर्शुराम निरौला – २०००००
४२. चन्द्रप्रसाद सिलवाल–२०००००
४३. राजेश राजवंशी – ५०००००
४४. विक्रम राजवंशी – २०००००
४५. वसन्त पौडेल –२४०००००
४६. रोशन पौडेल(ऋषिराम)–७०००००
४७ तुलसा मैनाली – ४०००००
४८. युवराज मैनाली – १५००००
४९. सुमन चिमरीया – ५०००००
५०. अजय गोस्वामी – ३००००
५१.जगत् राजवंशी – ५००००
५२. शिव प्रसाईँ – ७००००
५३. खगेन्द्र न्यौपाने – ६०००००
जम्मा – ३,७१,७९,०००