आम्दामीको श्रोत बन्दै एवोकार्डो
गोबिन्द पौडेल
रोङ । किसानहरुको लागि अहिले भरपर्दो आम्दामिको श्रोत बन्दैछ एवोकार्डो । कम मेहनत र लगानीमा उत्पादन हुने,समसितोष्ण हावापानी भएको पाखाभित्ता,कान्ला टार जतासुकै फस्टाउने, एभोकार्डोको एक रुखवाट नै पचास हजार माथि आम्दामि हुने भएपछि किसानको लगाव यस खेति प्रति बढेको हो ।
रोङ गाउपालिकाको सलकपुरमा रोमस अधिकारिले ईलाममा नै पहिला भित्र्याएको मानिने यस फलबाट सलकपुरका किसान याम अधिकारीले यसबर्ष एकलाख दश हजार हात पारे ।अधिकारीले बारिमा करिव पचास बोट लगाएको भएपनि उत्पादन दिने दुईवटा बोट मात्रै रहेको र आफुले माग अनुसारको फल दिन नसकेको बताए । उनि मात्रै हैन सलकपुरमा अरुले पनि एभोकार्डोले नगद खिचेका छन् ।आफुले कान्लामा गाडेको दाना फलेपछि ६ हजार रोङ ६ रम्भ्याङका बिदुर योन्जनले पनि भित्र्याउन सफल भए ।
अहिले ईलामका धेरै ठाउँमा यसको खेति हुन थालेको छ ।सुर्योदय ८ का रन्जना बरालले बारिमा दुईसय वोट रोपेको छन् । उनको लक्ष्य कन्याम आउने पर्यटकलाई बेच्ने हो । पहिला कसैले मन नपराउने यो फल अहिले खोजि खोजि खानेहरु बढेका छन् ।स्वस्थ्य बर्धक,प्रोटिनको भण्डार रहेको एभोकार्डोको जुसका पारखी धेरै बढेको र माग बढ्न थालेको हो।
इलामे भुमिका धेरै ठाउँमा फल्ने एभोकार्डो रोप्न रोङ गाउपालिकाले किसानहरुलाई सहयोग गरेको थियो ।कम उत्पादन हुदा राम्रै बिक्रि हुने उत्पादन बढेपछि पनि बजारीकरणमा लागिदिनु पर्ने किसानहरुको चाहना रहेको छ ।अहिले एभनेकार्डो बोटबाट नै सरदर दुईसय रुपैयाँ प्रतिकिलो बिक्रि हुने गरेको छ ।