पाँचथरको फिदिममा आगलागी हुँदा दुई महिलाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको हो। मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले जानकारी दिए।
राईका अनुसार मेघबहादुर र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन्। आगलागीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। करिब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको राईले बताए।
घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारार्थ पाँचथर अस्पतालमा ल्याइएको छ । उक्त घरमा ७ जना सुतेकोमा २ जनाको ज्यान गएको‚ २ जना घाइते भएको र ३ जना भागेर बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डीएसपी खतिवडा नेतृत्वको टोली पुगेर आगो नियन्त्रणसँगै उद्धार गरेको थियो।
Source : Purwanchal Daily
Your style is entertaining and informative, I have learnt a lot from it.