विपक्षी गठबन्धनमा माधव नेपाल ! मधेसबाट सुरु गरेर केन्द्रमा हान्ने दाउ
काठमाडौँ । देउवाको निवास बुढानीलकण्ठमा बसेको ४ दलको बैठक बसेको छ । मधेस प्रदेशको सरकारबारे विपक्षी कांग्रेस, जसपा नेपाल, लोसपा र सत्तारुढ एकीकृत समाजवादीबिच छलफल भएको हो
देउवा निवासको बैठकबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुर बाहिरिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र देउवाबिच छुट्टै छलफल भएको थियो ।
मधेसमा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।
कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी एक ठाउँमा आउँदा १०७ सदस्यीय प्रदेश सभामा सहज बहुमत पुग्छ । मधेसमा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ । यादवका अनुसार सत्तारुढ एकीकृत समाजवादीलाई समेटेर मधेसमा नयाँ गठबन्धन सरकार बनाउने तयारीका लागि बुधबार छलफल भएको थियो ।
समाजवादीका प्रमुख सचेत मेटमणि चौधरीले मधेस प्रदेशमा जसपा नेपालका सरोज कुमार यादव नेतृत्व सरकार जोगाउन ४ दल सहमत भएको जानकारी दिए। उनले भने,ुमधेस प्रदेश सरकार जोगाउन एक मत भएका छौँ । यसको बाछिटा अन्य प्रदेश र केन्द्र सरकारसम्म पर्छ ।