हेटौँडा कपडा उद्योग सञ्चालनका लागि ,सेनाको तीनवर्षे कार्ययोजना
एक अर्ब ९३ करोड लगानी
०८०/८१ : सरकारबाट नीतिगत निर्णयसहित सेनालाई हेटौँडा कपडा उद्योग हस्तान्तरण, विस्तृत परियोजना प्रतिवेदन तयार, हस्तान्तरणपछि पुराना मेसिनरी प्लान्टको प्रतिस्थापन र नयाँ मेसिनरी प्लान्टको छनोट तथा खरिद व्यवस्थापन र भौतिक पूर्वाधार मर्मत–सम्भार तथा पुनर्निर्माण सुरु गर्ने उल्लेख छ ।
०८१/८२ : भौतिक पूर्वाधार निर्माण तथा पुनर्निर्माण सम्पन्न, कच्चा पदार्थ, स्पेयर पार्टस् तथा एसेसरिजहरू खरिद व्यवस्थापन, मेसिनरी प्लान्ट जडान र परीक्षण उत्पादन सुरु गर्ने कार्ययोजना छ ।
०८२/८३ : वेभिङ (बुन्ने) मेसिनहरू थप गरी पूर्ण क्षमतामा सञ्चालन गरी व्यावसायिक उद्योग विस्तार गर्ने र कच्चा पदार्थ (धागो) उत्पादनमा आत्मनिर्भर हुन बुटवल धागो उद्योगलाई पुनः सञ्चालनका लागि अध्ययन प्रतिवेदन तयार गर्ने उल्लेख छ । सेनालाई उद्योग सञ्चालन गर्न दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले पहल गरेका छन् ।
सेनाले विस्तृत कार्ययोजनामार्फत सरकारले स्वामित्व हस्तान्तर गरे हेटौँडा कपडा उद्योगबाट दुई वर्षभित्रै व्यावसायिक रूपमा कपडा उत्पादन गर्न सकिने प्रस्ताव गरेको छ । २४ वर्षदेखि पूर्ण रूपले बन्द सरकारी स्वामित्वको उद्योग सञ्चालनको विस्तृत कार्ययोजना सेनाले सरकारलाई बुझाइसकेको छ ।
उत्पादन थाल्ने तीनवर्षे योजनामा सेनाले चालू आर्थिक वर्षभित्र हेटौँडा कपडा उद्योगको स्वामित्व हस्तान्तरण भए दुई वर्षभित्रै व्यावसायिक रूपमा कपडा उत्पादन गर्न सकिने प्रस्ताव बनाएको हो । यसका लागि एक अर्ब ९३ करोड लगानी चाहिने सेनाको कार्ययोजनामा छ । नयाँपत्रिकामा खबर छ ।