जब सांसदहरू काठका चप्पलमा संसद भवन छिरे…

लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेश सांसदहरूको शपथ आइतबार दिउँसो १ बजे हुने तय थियो।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनले तीन दिन अघि नै सूचना जारी गरेका थिए। स्थायी राजधानी घोषणा गरेको झन्डै दुई वर्षपछि पहिलो पटक दाङको राप्ती गाउँपालिका-३ मसुरीयास्थित प्रदेश सभा भवनमा शपथ हुँदै थियो।
यसले जिल्लाबासी उत्साहित थिए। मुख्यमन्त्री कुलप्रसाद केसीले मंसिर २८ गते मुख्यमन्त्री कार्यालयको उद्घाटन समेत गरे। जहाँ दाङका स्थानीयको बाक्लो उपस्थिति थियो।
त्यस्तै उपस्थिति आइतबार देखियो। तुलसीपुर र घोराहीका मेयर, उपमेयर लगायत जनप्रतिनिधि समेत उपस्थित भए। विभिन्न संघ-संस्थाका प्रतिनिधिको पनि उल्लेखनीय सभागिता समेत थियो।
प्रदेश सभा परिसरमा पत्रकारले सांसदहरूसँग कुराकानी गरिरहेका थिए। यसैबीच काठका चप्पल लगाएका दुई सांसदले संसदको पश्चिम ढोकाबाट प्रवेश गरे।
उनीहरूले सेतो धोती, गलबन्दी, कोट, ढाका टोपी, सेतो कपडा लगाएका थिए।
परम्परागत परिहन र काठका चप्पल लगाएको देखेपछि त्यहाँ उपस्थित सबैको ध्यान ती दुई सांसदले ताने।
उनीहरू बर्दिया निर्वाचन क्षेत्र नं. २ (२) का धर्मबहादुर चौधरी र राजकुमार चौधरी निर्वाचन क्षेत्र नं. १ (२) का सांसद थिए।
नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित उनीहरू पहिलो पटक संसद प्रवेश गर्दै थिए।
‘थारूहरूको मौलिक भेषभूषाको पहिचान स्थापित गर्न हामी यो पहिरनमा आएका हौं,’ धर्मबहादुरले सेतोपाटीसँग भने, ‘यो हाम्रो अस्तित्वको सवाल हो।’
उनले मतको कदर गर्दै जनताको भावनाअनुरूप काम गर्ने र न्यायका पक्षमा खडा हुने प्रतिबद्धता पनि व्यक्त गरे। संसदमा रेशम चौधरीको विषय पनि उठाउने उनीहरूले बताए।
‘रेशम चौधरीलाई जुन झुट्टा मुद्दा लगाएर जेलमा सडाउने षड्यन्त्र भइरहेको छ हामी त्यसविरूद्ध प्रदेश सांसदमा पनि जोडदार पूर्वक आवाज उठाउने छौं,’ धर्मबहादुरले भने, ‘को सही को गलत भन्ने कुरा बर्दियाका जनताले पटक-पटक प्रमाणित गरी देखाइ सक्दापनि किन जेल कोचिरहने।’
हाल सरकारलाई समर्थन मात्रै गरेको हुँदा सत्तामा जाने/नजाने कुरा उनको निशर्त रिहाइ पछि मात्रै सोच्न सकिने बताए।
लुम्बिनी प्रदेशको एक मात्र हिमाली र पूर्वी रूकुमका सुरत पुन पनि ढाका टोपी, लुङ्गी, कालो जुत्ता र मोजामा थिए।
उनलाई नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा निर्वाचन क्षेत्र नं. (२)बाट निर्वाचित भएका थिए।
उनले पनि सदनमा आफूले आफ्नो समुदाय, क्षेत्र र भूगोलको पहिचान झल्कने भेषभूषा लगाएर शपथ गर्न पाउँदा धेरै खुसी लागेको प्रतिक्रिया दिए।
‘मेरो जिल्ला सबैभन्दा कान्छो जिल्ला मात्रै होइन अहिले सम्म पूर्वाधार विकासको दृष्टिकोणले राज्यले उपेक्षा गर्दै आएको जिल्ला हो,’ उनले भने, ‘त्यसैले म यहाँ रूकुम पूर्वका स्थानीयको पहिचान स्थापित गर्न र त्यहाँको विकासको लागि आवाज उठाउन पछि पर्ने छैन।’
बर्दियाकी कृष्णा कुस्मा थारु (आस्था) चाँदीका सिक्काको कम्पनी माला, हातमा ढाकाको झोला र गुन्यु लगाएकी थिइन्।
उनी नेकपा माओवादीकी समानुपातिक सांसद हुन्। उनले प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहेर थारु समुदायका महिलाको हकहित स्थापनाका लागि आवाज उठाउने प्रण गरिन्।
दाङकी सीता चौधरीले घाँटीमा विभिन्न खाले चाँदीका माला, चाँदीका मुगा, कानमा लामा चाँदीका झालर लगाएर आएकी थिइन्। उनी एमालेबाट समानुपातिक सांसद हुन्।
यसरी थुप्रै सांसदले आफ्नो पहिचान बोक्ने परम्परागत कपडा र गरगहना लगाएर प्रस्तुत भएका थिए।
Source : Setopati

You actually make it appear really easy along with your presentation but I to find this topic to be actually something that I feel I might never understand.
It kind of feels too complex and extremely extensive for me.
I’m looking forward to your subsequent post, I will try to get the
dangle of it! Najlepsze escape roomy
Very interesting information!Perfect just what I was looking for!?
I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.
I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!
I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.
I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.
This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place