बिर्तामोडमा एउटै घरबाट दुईवटा मोटरसाइकल चोरी, गोलधापमा एउटा बेवारिसे भेटियो
| |

बिर्तामोडमा एउटै घरबाट दुईवटा मोटरसाइकल चोरी, गोलधापमा एउटा बेवारिसे भेटियो

झापा । झापाको बिर्तामोड १० मा गएराति एकै घरबाट दुईवटा मोटरसाइकल चोरी भएको छ । बिर्तामोड-१० बस्ने शङ्कर बेघाको घरबाट दुईवटा मोटरसाइकल चोरी भएको हो । बेघाको मे ११ प ५९७५ नम्बरको पल्सर र उनकी श्रीमती नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने निशा लिम्बूको मे ११ प ५३२१ नम्बरको स्प्लेन्डर हराएको हो । घरमा राखिएको…

झापा प्रहरीको सफलता – १ सय ३० जना फरार प्रतिवादी पक्राउ
| |

झापा प्रहरीको सफलता – १ सय ३० जना फरार प्रतिवादी पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । चालू आथिक बर्षमा १ सय ३० जना प्रतिवादी पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयन क्रममा आर्थिक बर्ष ८०÷८१ को पुष १७ गतेसम्ममा १ सय ३० प्रतिवादी पक्राउ गरि अदालत बुझाइएको झापा जिल्ला प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।…

रूसी सेनामा गएका थप तीन नेपालीको मृत्यु
|

रूसी सेनामा गएका थप तीन नेपालीको मृत्यु

झापा । रूसी सेनामा गएका थप तीन नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  ‘हामीलाई थप तीन जना नेपाली मारिएको सूचना प्राप्त भएको छ।’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृतबहादुर राईले भने, पूर्ण विवरण केहीबेरमा सार्वजनिक गर्छाैं।’ योसँगै रुस-युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १०…

बिर्तामोडमा ‘ग्याङ फाइट’, भद्रपुरका चार विद्यार्थी खुकुरीसहित पक्राउ
| |

बिर्तामोडमा ‘ग्याङ फाइट’, भद्रपुरका चार विद्यार्थी खुकुरीसहित पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहानै बिर्तामोड–५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बस स्ट्यान्डसम्म पुगेको थियो । कलेजको पोसाकमा रहेका आठ जना युवाहरुबीच सुरुमा कनकाई कलेज उत्तर देवी माविको छेउमा झगडा परेको थियो । देवी माविका शिक्षकहरूले गाली गरेपछि उनीहरूको झगडा…

गाजा युद्ध रोकिँदैन : इजरायल
| |

गाजा युद्ध रोकिँदैन : इजरायल

काठमाडौँ । इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्धको युद्ध सन् २०२४ मा पनि जारी रहने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिएका हुन् । इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने…

‘लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलाप आवश्यक’
|

‘लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलाप आवश्यक’

‘लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलाप आवश्यक’ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलापको आवश्यकता औल्याउनुभएको छ । नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा साेमबार साँझ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा भएका राजनीतिक आन्दोलनका उपलब्धिहरु कांग्रेस र कम्युनिष्टको एकता र मेलमिलापबाटै सम्भव…

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु
| |

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको अवस्था छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली…

बन्द भयो चियाको उत्पादन
| |

बन्द भयो चियाको उत्पादन

इलाम । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ । उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार…

डिल्लीराज माविका प्रअविरुद्ध खनिए शिक्षक, उपप्रमुखको रोहवरमा खुल्यो तालाबन्दी
| |

डिल्लीराज माविका प्रअविरुद्ध खनिए शिक्षक, उपप्रमुखको रोहवरमा खुल्यो तालाबन्दी

झापा । झापा गाउँपालिकामा रहेको डिल्लीराज माध्यमिक विद्यालयमा शिक्षकहरूले तालाबन्दी गरेका छन् । आज बिहान ११ बजे शिक्षकहरूले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् । प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताको कोठा र जिन्सी शाखामा तालाबन्दी गरिएको शिक्षक प्रतिनिधि एकनारायण गणेशले जानकारी दिए । शिक्षकहरूले विद्यालयमा बढ्दो बेथिति अन्त्य गर्न माग गर्दै आएका छन् । उनीहरूले विद्यालयका प्रअ…

आज राष्ट्रिय टोपी दिवस मनाइँदै
| |

आज राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौँ  । आज आठौँ राष्ट्रिय टोपी दिवस मनाइँदैछ । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन थालिएको हो । यस दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले…