नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा अध्यक्षमा सापकोटा
| |

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा अध्यक्षमा सापकोटा

बर्तामोड । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको आगामी दुई वर्षका लागि शिवसताक्षीका व्यवसायी विनोद सापकोटा अध्यक्ष पदमा निर्वाचित भएका छन् । सापकोटा यस अघि उपाध्यक्ष पदमा थिए । १३ वर्षदेखि पुस्तक तथा स्टेशनरीको व्यवसाय गर्दै आएका उनि पत्रकारिता पेसामा पनि क्रियाशील छन् । झापाको कनकाईस्थित धनुषकोटी धाममा सोमबार सम्पन्न अधिवेशनले वरिष्ठ…

उधौली पर्वको अवसरमा माङसेबुङमा साकेलाशिली प्रदर्शन
|

उधौली पर्वको अवसरमा माङसेबुङमा साकेलाशिली प्रदर्शन

माङसेबुङ । किरातीहरूको पर्व उधौलीको अवसरमा इलामको माङसेबुङ-६ मा वृहत्त साकेलाशिली प्रदर्शन गरिएको छ ।  उधोलीसँगै किरातीहरूको नयाँ वर्ष यलेदोङ ५०८३ को अवसरमा माङसेबुङ-६ स्थित हस्टेमा किरात राईहरूको सांस्कृतिक नृत्य साकेलाशिलीको प्रदर्शन भएको हो । किरात राई यायोक्खा पारुहाङ टोल इकाई समितिको आयोजनामा भएको उक्त कार्यक्रममा माङसेबुङ, चुलाचुलीसँगै पाँचथरको मिक्लाजुङसहित १४ साकेला टोलीले साकेलाशिली प्रदर्शन…

पत्रकार सहारा उपचार कोषमा एकै दिन जुट्यो ९ लाख बढी

पत्रकार सहारा उपचार कोषमा एकै दिन जुट्यो ९ लाख बढी

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सोमबार एकैदिन नौ लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ । सोमबार बिर्तामोडमा महासंघ झापाको ३५औं स्थापना दिवसको अवसर पारेर सामाजिक तथा व्यवसायिक क्षेत्रका दाताहरुले पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापित उक्त कोषमा नगद तथा चेक प्रदान गरेका हुन् ।  कोषलाई एक करोड रुपैयाँ पुर्याउने…

पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस ,संस्थापकहरुलाई सम्मान
|

पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस ,संस्थापकहरुलाई सम्मान

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ ।कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए ।महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा…

झापामा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
|

झापामा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

झापा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको कमलमा बससँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका-४ स्थित ज्योति चोकमा सोमबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४३५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटरको पछाडि…

इलामका किसानलाई ‘मिल्क होलिडे’ को त्रास
| |

इलामका किसानलाई ‘मिल्क होलिडे’ को त्रास

इलाम ।  सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराई प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन्। ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय एक दुग्ध उद्योगलाई दुग्ध बिक्री गर्छन्।   तर पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू र छुर्पी देख्दा उनको मनमा चिसो पस्न थालेको छ। ‘हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ’, उनले भने,…

हराउँदै परम्परागत ठेकी
| |

हराउँदै परम्परागत ठेकी

अर्जुनधारा । ‘चैत/बैशाखको टन्टलापुर घाममा तिर्खा मेट्न एक अम्खोरा मोही खाएर गाम्चाले पसिना पुस्दै बारदलीमा बसेर हावा खानुको आनन्द शहरिया मानिसलाई के थाहा ?, ’ झापा अर्जुनधाराको पुरानो बाजारमा ठेकी बेच्न बस्नुभएका डिल्लीराम घतानीकाले ग्रहकलाई सुनाउनुभयो । शहर केन्द्रित बसोवास र आधुनिक जीवनशैलीका कारण पराम्परागत काठका ठेकी हराइसकेको छ । ‘दुई चार–पाथी जाने ठेकीमा घार्घुर–घार्घुर…

बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

बिर्तामोड । बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन सन्चालन गरेको शिबिरमा नगरक्षेत्रभरीबाट संकलन गरेर ल्याएका कुकुरहरुको बन्ध्याकरण गरेको हो । बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यस अघि नै  २ हजार १ सय भन्दा…

काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने
|

काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने

मोरङ । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड छ । काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात…

चारपटक म्याद थप्दा पनि अधुरै दमक–चिसापानी सडक
|

चारपटक म्याद थप्दा पनि अधुरै दमक–चिसापानी सडक

चिरञ्जीवी घिमिरे दमक  ।  झापाको दमक, इलामको माङसेबुङ, चुलाचुलीलगायत क्षेत्रमा तीन दशकदेखि चुनावी एजेन्डा बन्दै आएको निर्माणाधीन दमक–चिसापानी सडकको चारपटक म्याद थप्दा पनि सन्तोषजनक काम नभएपछि सडक डिभिजन कार्यालय दमक ठेक्का तोड्ने तयारीमा पुगेको छ । ‘काम सन्तोषजनक छैन । एक–दुईजना कामदार लगाएर काम भइरहेको छ । हामी तीनवटै खण्डको ठेक्का तोड्नेतिर अघि बढिसकेका छौँ,’ सडक डिभिजन कार्यालय दमकका…